ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चैत्र १८ गते बुधवार तपाईको राशिफल

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

आज मिति २०७७ साल चैत्र १८ गते बुधबार तदनुसार सन २०२१ मार्च महिनाको ३१ तारिख, चैत्र कृष्णपक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  प्रमादी नाम संवत्सर, स्वाती नक्षत्र, तृतीया तिथी, हर्षण योग, वणिज करण, आज चन्द«मा तुला राशीमा रहनेछ, आजको राहूकाल दिउँसोको १२ बजेर ०८ मिनेटबाट १ बजेर ४१ मिनेटसम्म रहनेछ । आजको दिन जन्मिने बालबालिकाहरु तुला राशीका हुनेछन् ।

मेष राशी

दिन राम्रो रहनेछ, विवाह, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा प्रयास गर्दा सोचे अनूरुप हुन सक्छ । मानसिक शान्ति, मिष्ठान भोजन, उत्तम स्वास्थय तथा घरायसी सुख प्राप्त हुन सकछ  विवादहरुमा सफलता पाइने, शत्रुबाधाबाट मुक्त भइने, कतैबाट धन अथवा भौतिक सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, ख्याति वा चर्चा पाउनुको साथै अरुबाट मान कदर, माया प्रेम प्राप्त हुने योग छ । साझेदारी कार्यमा लाभ लिने खालको दिन रहने छ, 

वृष राशी

दिन शुभ रहने छ । स्वास्थय लाभ, धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पीडाबाट मुक्ति, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  गरेका कामहरु सफल हुने योग भएकोले प्रयास जारी राख्नु होला । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाई फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, कसै कसैलाई भोग विलास मनोरन्जन र रति सुखमा रुचि बढन सक्छ । 

मिथुन राशी

नकारात्मक उर्जाबाट बच्नु पर्ने दिन छ । बिध्न बाधाहरुले गर्दा निरिह हुनुपर्ने अवस्था आउन पनि सक्छ, मन अशान्त रहने, मुड बिग्रीएर झर्किने वा झोक्किने सम्मको अवस्था आउन सक्छ । धन वा सामान हराउने देखि अपयशको भागि हुनु पर्ने सम्मको योग देखिएको छ । कुनै विशेष वस्तु वा चाहनाको हकमा धन को अभाव महसुस हुनेछ,  स्वास्थ्यको विषयमा आज हेलचेक्रयाइ नगर्नु होला, शाकाहारी भोजन आजको लागि उत्तम छ । अनावश्यक रुपमा बोल्ने काम आज नगर्नु होला ।

कर्कट राशी

दिन प्रतिकुल रहन सक्छ, धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, बन्धु बान्धवलाइ पीडा हुने, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुन सक्छ, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, आज चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइने, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक पिडा, कार्यहरुमा हानीको  योग छ, शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिmन सक्छ , श्वासप्रश्वास तथा छातीजन्य समस्याबाट जोगिनु पर्नेछ ।

सिंह राशी

दिन अनुकुल रहने छ, निरोगिता प्राप्ती, मनमा प्रशन्नता, घरायसी सुख, आदर सत्कार तथा मिठो खानपान हुने, धनलाभ हुने वा धनको सही ठाउँमा खर्च हुन सक्ने, मित्रहरुले सहयोग गर्ने छन, अडकिएका कार्यहरु बन्ने, उपभोग्य वस्तुहरुको खरीद वा प्राप्ति हुने । बिग्रेको सम्बन्धहरु सुधार हुने योग भएकोले प्रयास गर्नुहोला, कसै कसैलाई छोटो यात्रा वा भ्रमणको सम्भावना छ, तर व्यर्थको भ्रमण तथा विवादहरुबाट भने आज जोगिनु होला।

कन्या राशी

उत्साहमा कमी आउन सक्छ, व्यर्थको श्रम, मानसिक चिन्ता थपिने, बोली वचन रुखो वा ठाडो हुन सक्छ । धन हानीको योग भएकोले विशेष सावधानी राख्नुपर्नेछ । परिवारको लागि खर्च हुने भएपनि अनावश्यक खर्चमाथि नियन्त्रण लगाम लगाउनु होला । कतैबाट पैसा लिनु छ भने निकै प्रयास गर्नु पर्ने छ । पारिवारिक सुखमा कमि आउने सम्भावना छ । आफन्तहरुलाई कष्ट वा झमेला पर्ने अथवा उनीहरुसँग वैमनस्यता बढन सक्ने, मनमा विकार वा असन्तोष बढने, यात्रामा सावधानी अपनाउनु पर्ने दिन छ । र क्रोध माथि नियन्त्रण राखि विवाद र मmमेलाबाट चाँही आज बच्नु पर्नेछ । बोल्दा आज होश पुरयाउनु होला । खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ ।

तुला राशी

हरेक कार्यमा भाग्यले साथ दिएको महसुस हुनेछ । भोग विलास वा रमाइला पलहरु आउने,  आरोग्य प्राप्ति, पराक्रममा वृद्धि, वस्त्र लाभ, आर्थिक लाभ तथा अन्य लाभकारी घटनाहरु हुन सक्नेछन । मित्र सुख, स्त्रि सुख, दाम्पत्य सुख, शत्रुमाथि विजय, सन्तानपक्षबाट सुख मिल्ने योग छ । अरुले तँपाइको प्रशंसा गर्न सक्नेछन । कसै कसैलाइ जागिरमा पदोन्नतिको वा मानसम्मान प्राप्तिको सम्भावना छ,  विद्यार्थीवर्गलाई समय राम्रो रहनेछ । व्यापार व्यवसाय र लगानीको लागि पनि दिन राम्रो छ ।

वृश्चिक राशी

अशान्त चित्तले ग्रसित हुनुपर्ने योग छ, खर्च बढने, धन वा आफन्त हानी, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानापानमा अरुची अथवा समस्या देखा पर्ने, कार्यस्थलमा हानी, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्ने छन, मित्रहरुसँग सम्बन्ध विग्रने सम्भावना छ, सन्तान पक्षको ध्यान दिनुहोला,

धनु राशी

दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति, धनको वृद्धि वा धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, साथै मित्र तथा भाइ बहिनीहरुको साथ र सहयोग पाइने । भोग विलासमा समय बित्ने, रमाइलो बसिवियाँलो हुने वा मिठो खानपानमा सरीक भइने सम्भावना छ, स्थाई वस्तुहरुको प्राप्ति हुन सक्ने योग छ साथै गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, नयाँ पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ,

मकर राशी

दिन अनुकुल रहने छ, आर्थिक लाभ हुने, प्रगतिका अवसरहरु आउने छन्, चिताएका कामहरुमा सफलता पाइने छ , आफ्नो दबदबा बढने वा नयाँ अधिकार प्राप्त हुने, आँटेका गरेका कामहरु बन्ने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने, सबैसँग मैत्रिभाव  भइ ठूला कार्यहरु सम्पन्न हुनेछन, पारिवारिक खुशी पाइने, पत्नि र सन्तानहरुबाट खुशी प्राप्त हुन सक्ने, स्वास्थ्य राम्रो रहने, राज्य संयत्र वा सरकारी अधिकारीहरुबाट सहयोग पाइने । नयाँ नौलो विचारले तँपाइको आत्मविश्वास बढाउने छ, कसै कसैलाई बौद्धिक कुराहरुमा वा आध्यात्मिक विषयतर्फ मन जानेछ ।। आज आफनो क्षमता र अधिकारको पूर्ण सदुपयोग गर्नु भएको  खन्डमा कुनै विशेष कार्य वा उद्देश्य पूरा हुने योग छ,

कुम्भ राशी

दिन प्रतिकुल भइदिन सक्छ । कष्टदायी अनुभव हुने, रोगले सताउन सक्ने, चिन्ता पर्ने , धन हानी हुने, अरुसँग विवाद र मनमुटाव आदि हुने योग छ ।  मनमा केही कुराको डर लागिरहने हुन सक्छ ।  पारिवारीक झमेला वा चोटपटक लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले बनिसकेको काम विग्रन सक्छ ।  खराब खालका गुप्त कुराहरुबाट टाढा  रहनु पर्नेछ । आफ्नो अतितलाई नबिर्सिकन अगाडि बढनु होला, विगतमा भए गरेका पुराना तिता स्मृतिहरुलाइ हटाएर अनौपचारिक संवाद र छलफल शुरु गर्नुभएमा तँपाइले सोचे अनुसारको दिन हुनेछ । शिक्षा र प्रविधिको क्षेत्रमा लाग्ने हरुलाइ भने दिन उपलब्धिमुलक रहने छ, कसै कसैलाइ जागीर वा व्यवसायमा परिवर्तन को सम्भावना छ ।

मीन राशी

सावधान हुनु पर्ने दिन छ, कार्यमा बिध्नबाधाहरु आउने, धन हानी वा धनको दुरुपयोग हुन सक्ने, भय तथा चिन्ता ले ग्रसित हुनु पर्ने, व्यर्थको श्रम, अपमान,  मानसिक तनाव, क्षुद्र रोग बल्झने, आफन्तजनमा कलह तथा मनमुटावको अवस्था आउन सक्छ।  शारिरिक पीडा, अस्थिरता र अधैर्यता, कानूनी समस्या, मित्र घात, कष्टदायी भ्रमण दुर्घटना तथा चोटपटक को सम्भावना छ, कुनै नराम्रो घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनु होला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *