ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देउवासंग बुढानिल्कण्ठमा प्रचण्डको आधा घण्टाको भेट, ओलीको विकल्प दिउ –प्रचण्ड

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं चैत्र १७ । ओलीको कदम विरुध सडकमा आएका राजनीतिक दलहरु विच नयाँ सरकार निर्माणका लागि छलफल जारी छ । यसै क्रममा मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा विच भेटवार्ता भएको छ ।

संसद विघटन विरुध सडकमा एक जुट हुन नसकेपनि अहिले तिनै दल एक जुट हुने प्रयासमा छन् । माओवादी केन्द्र, कांग्रेस र जसपा विच पटक पटक छलफल भएपनि सहमति हुन सकेको छैन । निर्णायक शक्ति जसपाले संविधान संशोधन सहितका माग राखेको छ भने कांग्रेसले पहिला सरकारलाई दिएको प्रस्ताव माओवादीले फिर्ता लिन सुझाव दिएको छ । आजको भेटमा पनि प्रचण्डलाई देउवाले सोही प्रस्ताव राखेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

दिउँसो करिव आधा घण्टा भएको भेटमा प्रचण्डले समर्थन फिर्ता लिने भन्दा पनि अविश्वासको प्रस्ताव दर्ता गराउन जोड दिएका थिए । देउवाले जसपालाई साथमा लिएर परिपक्क भएपछिमात्र अगाडीको कदम चाल्नु पर्ने जनाएका धारणा राखे । जसपाले आफ्ना माग पुरा गरे ओलीसंग समेत सरकारको सहकार्य गर्ने सक्ने जनाएपछि माओवादी केन्द्र अफ्ठ्यारो अवस्थामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *