ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड र माधव नेपालमाथी खनिएका ओलीको चुनावी रणनीति वृद्दभत्ताको वृदी

काठमाडौं चैत्र १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निहीत स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लागउदै हतियार र लडाकु केही नभएकोले आफु नडराउने जनाएका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डले देशको राजनीति धमिल्याउन खोजेको भन्दै उनले भने- ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’
एमाले र माओवादीबीच एकीकरण गर्दा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेपनि विचमा नै प्रचण्डले सहमती च्यातेको आरोप लगाए । उनको प्रश्न छ – ‘आधा आधाको कागज बीचैमा च्यातेर कार्यकारी (अध्यक्ष) लेखाएको होइन ? व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण मुलुकमा अस्थिरता आएको उनको भनाई छ ।


२३ फागुनको सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि प्रचण्डले दिएको निवेदनमा असन्तुष्टि जनाउदैं पार्टी एकताको लागि कस्ले रोकेको भन्दै प्रश्न गरे । उनको भनाई छ-‘पार्टी एउटै बनाएर दर्ता गर्न कसले रोकेको छ ? पार्टी मिलाइदिन अदालतमा निवेदन हाल्ने ?’ त्यतिमात्र हैन ओलीले प्रचण्डलाई आफ्नो उमेर र हैशियत संझना गर्न आग्रह गर्दै हतियार र लडाकू भएकाले मात्र धेरै मानिस डराएको र अहिले त्यस्तो नभएको दावी गर्दै भने – ‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ उनले भने, ‘आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए । प्रचण्डजीलाई उमेर सम्झिन आग्रह गर्न चाहन्छु । उहिले सम्झिएर छेलो फ्याल्न नखोज्नुस्, ढाड सड्किन्छ । त्यो जमाना गयो ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नचाहेको समेत आरोप लगाए । सर्वोच्चले पार्टी एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको उनको आरोप छ । उनले पार्टी विभाजन भइसकेको भन्दै आ-आफ्नो पार्टी चलाउन प्रस्ताव गरे ।

यसरी प्रचण्डमाथी खनिएका ओलीले अर्का नेता माधवकुमार नेपाललाई अध्यक्ष दिदा नमानेर प्रचण्डसंग सडकमा अध्यक्ष बन्न गएको दावी गरे । उनको भनाई छ- ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो, सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो’

त्यतिमात्र हैन सोही कार्यक्रममा ओलीले सामाजिक सुरक्षाको बृदी गर्ने समेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *