ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेप्से ३२ अंकले बढ्यो बीमा समूहको बर्चस्व कायमै

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं चैत्र १७ ।  सेयर बजार परिसुचक नेप्से ३२.१५ अंकले बढ्दै २५७५.६६ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर किनबेचबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत ६.१९ अंकले बढ्दै ४५६.१० अंकको बिन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसुचाङ्क तर्फ ब्यापार समूहमा २२ अंकको गिरावट र उत्पादन समूहमा आएको ०.२२ अंकको गिरावट बाहेक सबै समूहको सेयर कारोबार बढेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङंको आशंकाको विचमा पनि नीर्जीवन बीमा समूहको कारोबारमा सबैभन्दा धेरै ३९८.३२ अंकले बढेको छ । त्यस्तै दोस्रो नम्वरमा १८६.०८ अंकले बढेको जीवन बीमा समूहका सेयर रहेका छन् । त्यस्तै माइक्रोफाइनान्स कम्पनीको १४९.६८ अंक, होटल तथा पर्यटन समूहमा ११२.९ अंक र जलबिद्युत समूहको ९५.९८ अंकको बृद्धि सहित बाँकी अन्य समूहको सेयर मूल्य पनि दोहोरो अंकले बढेको छ ।

आज अजोड इन्स्योरेन्स कम्पनीसँगै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अजोड इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत राइट सेयर घोषणा गर्ने प्रस्ताब साधारण सभामा लैजाने निर्णय भएको सुचना बाहिरिएसँगै यस कम्पनीको सयेर मूल्य उच्च अंकले बढेको छ ।

यस कम्पनीको पछाडी लागेर उक्त दुई कम्पनीसँगै रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी , प्रभु लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।वोमी लघुवित्त वित्तीय संस्थाका लागानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतले कमाएका छन भने युनाईटेड इदिमर्दीका ५.३३ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् । ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नीफ्रा कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *