ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टीका नाममा मनपरी गर्न नदिने ओलीको प्रष्टोक्ती

काठमाडौं चैत्र १७ । चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा गुटबन्दीलाई कुनै हालतमा मान्यता नदिइने भन्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विद्यमान गुटबन्दीविरुद्ध कठोर हुने संकेत गरेका छन् ।

उनले पार्टीमा फर्कन आग्रह गर्दै सवैलाई सम्मान जनक व्यवहार गर्ने भन्दै भनेका छन् -‘विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने छ ।

सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन । पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरुको संयुक्त मोर्चा होइन,त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन ।

अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन ।’
उनले पार्टीका नाममा मनपरी गर्न नदिने प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *