कसैको राजनीति अभिष्ट पुरा गर्ने गरी फैसला आएको भन्दै प्रचणडको सर्वोच्चमा पुनरावेदनको निवेदन
12 - 12Shares

काठमाडौं चैत्र १७ । सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन् ।
नामको विषयमा मुद्दा परेकोमा अदालतले पार्टी एकिकरण नै नभएको जसरी कसैको राजनीतिक अभीष्ट पूरा गर्ने गरी फैसला गरेको आरोप समेत लगाएका छन् । – ‘कसैको राजनीतिक अभीष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि, कोही पनि बाँकी रहँदैन ।
त्यसको प्रत्यक्ष प्रभावको भागिदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्तछ ।’प्रचण्डले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई सर्वोच्च अदालतकै संवैधानिक इजलासले संसद विघटनसम्बन्धी मुद्दामा स्वीकार गरी बहुमत प्राप्त एकीकृत दलको नेता नै संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त भएको मान्यता दिएको पनि उल्लेख गरेका छन् । यो अवस्था संविधानको धारा १७(२)(ग), २६९ र २७० को ठाडै विपरीतको कार्य हो भन्ने पनि छर्लङ्ग देखिन्छ ।’