ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अजोड इन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ड्रेडिङ भएको शंका गर्दै कारवाहीको माग

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र १७ । अजोड इन्स्योरेन्स कम्पनीको बैशाख ७ गते बस्ने साधारण सभाबाट २ बराबर १ का दरले राइट सेयर दिने सुचना बाहिरिएपछी नेप्सेमा यसको कारोबार दुई दिन देखी लगातार सकारात्मक सर्किट ब्रेक लागेको छ ।सोमबार सेयर बजार परिसुचक नेप्से घटेपनि अजोड इन्स्योरेन्स कम्पनीको सेयर भने एकाएक बढेको थियो ।

मंगलबार विहान देखी नै सञ्चार माध्यमहरुमा अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ७ गते बोलाउन लागेको तेस्रो साधारणसभामा ५० प्रतिशत राइड सयर जारी गर्ने कुरा बाहिर आएपछी नेप्सेमा यसको कारोबारमा आज पनि सकारात्मक सर्किटब्रेक लागेको हो ।

राइड सेयर बाँड्ने सुचना आएसँगै अजोड इन्स्योरेन्स कम्पनीको सेयरमा खरिदकर्ताको अधिक चाप बढ्दा कम्पनीको सेयर बिक्री गर्ने लगानीकर्ता तयार नहुँदा यसको मुल्य ७७ रुपैयाँले बढेर ८५३ रुपैयाँमा कारोबार रोकिएको छ ।

अजोड कम्पनीको सेयर मूल्य बढेपछी अन्य कम्पनी इन्स्योरेन्स कम्पनीको पनि सेयर मूल्य बढेको छ ।
सामान्य मुल्यमा कारोबार भइरहेको कम्पनीको सेयरलाई कर्नरिङ्ग गरेर भित्रि सुचनाका आधारमा मुल्य बढाउन गलत भएको धितोपत्र बोर्ड बताउँछ । बैशाख ७ गते हुने साधारण सभाको सुचना चुहाएर कम्पनीको सेयर बढाउने खेल सुरु भएको आशंका गर्दै नेप्से र नेपाल धितोपत्र बोर्डले आवश्यक छानविन गर्नेका लागि छलफल अगाडी बढाएको धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरिले जानकारी दिए ।

‘कम्पनीको सेयर किनबेचमा इन्साड ड्रेडिङ्गको शंका गरेका छौ । धितोपत्र बोर्ड र नेप्सेले छलफल गरिरहेका छौ । यदि त्यस्तो पाइएमा कम्पनीलाई कानुन बमोजिम कारवाही हुन्छ ‘,उनले भने । सुचना चुहाएर सेयर मुल्य बढाउने खेल सेयर बजारमा नयाँ बिषय भने होइन । अघिल्लो हप्ता साल्ड ट्रेडिङ्ग कम्पनीको सेयर कारोबार पनि भित्रि सुचना चुहाएर २ दिनसम्म लगातार सेयर मुल्य बढाइएको थियो ।

यसरी इन्साइड ट्रेडिङ्ग गर्दा सेयर मुल्य अधिक हुन्छ र बढेको मुल्यमा सेयर किन्दा लगानीकर्ताहरु फस्ने संभावना बढी हुन्छ । भित्र सुचनाका आधारमा नेप्सेमा पटक पटक कारोबार भएपनि नियामक निकायको कम्जोर भुमिका कारण इन्साइड ट्रेडिङ्गले जस्ता कानुनले बर्जित गरेको कारोबारले झ्यांगिने मौका पाएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *