ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा २५७औ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं चैत्र १७।जनता बैंकसँगको मर्जर पश्चात ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ सेवा बिस्तारमा आक्रमक भएर अगाडी बढिरहेको छ । अन्य बैंकहरुको शाखा पुग्न नसकेका नेपालका दुर्गमस्थानहरुमा आफ्नो सेवा विस्तार गर्न यस बैंकले  तिव्रता दिइरहेको छ ।

यसै क्रममा रोल्पाको दरबोट बजारमा यस बैंकले २५७ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पाका नगरपालिकाका मेयर पूर्ण केसीले गरेका थिए ।

यस शाखा रहित बैंकिङ मार्फत बैक खाता खोल्ने, निक्षेप संकलन तथा कर्जाको माग गर्न सक्ने, आफ्नो खाताको बारेमा जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायत अन्य डिजिटल भुक्तानी सम्वन्धि कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

अब कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत भएका यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा लिनका लागि टाढा–टाढा सम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

२२ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ्ग  सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *