ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तत्काल तुहालो हट्ने संभावना देखिदैन,सतर्क बनौं

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र १७ । जल तथा मौसम विभागले वातावरण  तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।  अझै केही दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलो नहट्ने अनुमान गरिएको छ ।

सोमबारसम्म वर्षाको संवाभना ज्यादै न्यून भई वायुमण्डल सुक्खा  रहेका कारण तुहालो नहट्ने अनुमान विभागको छ। देशका विभिन्न ४० धेरै स्थानमा आगलागि भएको त्यस्तै भारतमा समेत आगलागि भएका कारण चैत १३ गतेदेखि वायुमण्डल तुवालोले ढाकेको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । वायु प्रदुषणका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै सरकारले ४ दिन देशभरका शैक्षिक सस्था बन्द गर्ने निर्णय गरीसकेको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *