ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुई दशक लामो अपाधी विहिन यात्रा र तीन दशक लामो गृह मैदानमा उपाधी विहिन यात्रालाई पूर्ण विराम लगाउन सफल नेपाली कप्तानको ऐतिहाशीक सन्यास

काठमाडौं चैत्र १७ । सोमबार करिव ३ दशक पछि नेपाली राष्ट्रिय टिमले आफ्नै घरेलु मैदानमा ट्रफि उचाल्यो । नेपाल,बंगलादेश र कृकिस्तान विचको त्रिदेशीय फुटवलको उपाधि जित्दै ३ दशक पछि आफ्नै दर्शकलाई विषयको साक्षी बनायो ।

त्यतिमात्र हैन जारी त्रिदेशीय फुटवलमा गोलको खडेरी तोड्दै नेपालले बंगलादेशलाई २- १ को गोल अन्तरले पराजीत गर्यो । यसरी सफल खेल प्रस्तुत गरेको नेपालका राष्ट्रिय टोलीका सफल कप्तान विराज महर्जनले सोमबार अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिए ।

बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षिय विराजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका महर्जनले १३ बर्षपछि राष्ट्रिय टिमबाट सन्यास लिएका हुन ।

एन्फा एकेडेमीका उत्पादन विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए।  थ्रीस्टारबाट ९ वर्ष खेलेका महर्जन २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भए । र सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे।  त्यतिमात्र हैन उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए।

राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले अनिल गुरुङले संन्यास नेपाली टिमको कप्तानी गर्ने अवसर पाए। बंगबन्धु गोल्डकप, १२औं साग र सोलिडारिटी कप जित्दा उनी मैदानमा कप्तानको भूमीकामा थिए। भने त्रिदेशीय खेलको उपाधीसंगै उनले खेलबाट सन्यास लिए ।

घरेलु मैदानमा मात्र हैन नेपाललाई उपाधीको खडेरी लागेको दुई दशक पछि बंगलादेशमा भएको बगबन्धु कपमा नेपाली टोलीलाई जिताउदै सफल कप्तानको भूमिका समेत निर्वाह गरे ।

फाइनल अघि विराजले राष्ट्रिय टोलीबाट ७२ क्याप जित्दै १ गोल गरेका छन् । फाइलनमा ७३ क्याप पुरा गरेका विराज नेपालका लागि सर्बाधिक खेल खेल्ने खेलाडी समेत हुन् । उनले गत सागमा ६८ क्याप पुरा गर्दै पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको सर्बाधिक क्यापको किर्तिमानी भंग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *