ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीन सरकारले सहयोग स्वरुप प्रदान गरेको ८ लाख डोज खोपले कोरोना विरुद्धको लडाइमा सहयोग पुग्ने

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं ,चैत १६। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीनले अनुदान स्वरुप प्रदान गरेको कोरोना विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो ।

चीन सरकारले सहयोग गरेको खोपले कोरोना महामारी विरुद्ध अगाडी बढ्नको लागी महत्वपूर्ण हुने पनि बताउनुभयो । नेपाल र चीनबीचको गहिरो सम्बन्धलाई उजागर गरेको र एक कदम अगाडी बढाएको पनि बताए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी छीन ।

प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताउनुभयो । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लडनका नेपालको साथमा चीन सँधै रहेको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *