ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वायु प्रदुषणले विभिन्न आपतकालीन र दिर्घकालीन असर

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं,चैत १६ । विश्वमा पछिल्लो समय सरुवाभन्दा नसर्ने रोगको प्रकोप बढ्दो छ । १०मध्ये एक जना मानिसको मृत्यु वायु प्रदुषणका कारण हुनेगरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । वायु प्रदुषणबाट सिर्जित विभिन्न रोगबाट वर्षेनी नेपालमा ४१ हजार तथा विश्वमा ७० लाख मानिसले ज्यान गुमाउनेगरेको तथ्यांक छ ।

पछिल्लो समय बढ्दो आधुनिकता, बदलिंदो जीवनशैली र खानपानमा उचित ध्यान नदिंदा मानिसहरु विभिन्न रोगको शिकार बनिरहेका छन् । अझ, वायुप्रदुषणबाट सिर्जित विभिन्न रोग चुनौति बनेको छ । विश्वमा मर्ने हरेक १०मध्ये १ जनाको मृत्यु वायुप्रदुषणबाट हुनेगरेको र वर्षेनी नेपालमा ४१ हजार तथा विश्वमा ७० लाख मानिसको मृत्युको कारण वायुप्रदुषण रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

चार दिनयता नेपाली आकाशमा देखिएको प्रदुषित वायुले त्रास बढाएको छ । यसरी वायु प्रदुषण एकाएक बढ्नुमा अव्यवस्थित फोहोरमैला, उद्योग तथा कलकारखाना, यातायातको चाप, निर्माण र डँडेलो आन्तरिक कारण हुन् भने भारतको हरियाणामा गरिने पराल दहन प्रमुख बाह्य कारण रहेको छ । प्रदुषणले मानिसमा तत्कालीन र दीर्घकालीन स्वास्थ्यसमस्या देखिने भएकाले सजगता अपनाउन छाती रोग विशेषज्ञ डा निरज बमले बताए ।

वर्षा नहुनुका साथै हावा नचलेकाले प्रदूषणका कण वायुमण्डलमा जम्मा भएका छन् । वायुप्रदुषणमा नाइट्रोजनअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड, एमोनिया, धातुका टुक्रा, कार्बनको मिश्रण रहेको प्रदुषित वायुले एलर्जी, रुघा, हृदयघात र क्यान्सरजस्ता रोग निम्तन सक्ने चिकित्सक डा कमलराज थापाबताउँछन् ।

वायु प्रदुषणको मात्रामा विभिन्न अनुसन्धानमा नेपाल विश्वको खराब वायु प्रदुषण हुने देशमध्ये पर्न थालेको छ । ठूला औद्योगिक राष्ट्र छिमेकी रहेका नेपालको आकाश आन्तरिक भन्दा बढी बाह्य कारणले प्रदुषित बनिरहेको छ । जसको नियन्त्रण र मानवस्वास्थ्यको सुरक्षा अहिले चुनौति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *