ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनको ८ लाख डोज खोप नेपाल, बितरणका लागि प्राथमिकता निर्धारण हुनै बाँकी

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिडविरुद्धको खोप सोमबार काठमाडौं आइपुगेको छ । नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरेको छ

। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी हुन।

चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन भेरोसेल खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो ।

खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले मित्र बदल्न सक्ने तर छीमेकी बदल्न नसक्ने बताए । कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिदैं चीनको यो सहयोगले कोरोना विरुद्धको लडाइमा सहयोग पुर्याउने बताए। कोरोना विरुकद्धको खोप लिदैं स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना महामारी अहिले थोरै बढ्दै छ तर आतकित बन्न नपर्ने त्यो अवस्था आफुहरुले आउन नदिने बताए ।

खोप लगाउनुपर्ने जनसंख्या धेरै भएको र अनुदानमा आउन लागेको खोपको मात्रा कम भएकाले स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिहरुलाई खोप दिने भन्ने निर्णय भने गरिसकेको छैन ।सरकारले यउ भन्दा पहिले दोश्रो चरण सम्म खोप अभियान सन्चालन गरेर खोप अभावका कारण स्थगीत गरेको छ । नेपालमा अहिले सम्म १६ लाख भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *