ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल- बंगलादेश आजसम्म २३ पटक आमन्ने सामन्ने, बंगलादेशको १३ जित नेपाल ६ चार खेल भने बरावरी

काठमाडौं चैत्र १६ । त्रिदेशीय फुटवलमा नेपालले आक्रामक खेल प्रस्तुत गरिरहेपनि कुनै गोल गर्न सकेको छैन । शनिवार भएको नेपाल बंगलादेश विचको खेलमा पनि नेपालले बंगलादेश भन्दा राम्रो खेल प्रदर्शन गर्यो । घरेलु दर्शकको साथ पाएपनि गोल गर्न नसक्दा नेपाली दर्शक निराश बने ।

आज पुन नेपाल र बंगलादेश विच खेल हुदैं छ । बंगलादेश आत्माघाती गोलको उपहार पाएर फाइनलमा प्रवेश गर्दाँ नेपाल कुनै गोल नगरी फाइनलमा प्रवेश गरेको हो ।

त्यसो त  बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धामा  बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जित्दा ४ खेल बराबरीमा सकिएका छन् ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपाल र  बंगलादेश साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप र साउथ एसियन गेम्स (साग) ७–७ पटक आमान्ने सामन्ने भए ।

४ मैत्रीपूर्ण खेल खेलेका दुई टवली  एसियन गेम र एएफसी एसियन कपमा एक एक पटक प्रतिस्पर्धा गरेका छन् ।

पछिल्लो पटक नेपालले ढाका साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो त्यतै २०७५ सालको भदौंमा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो । कात्तिकमा भएको मैत्रीपुर्णखेलमा  नेपालले एक हार रएक खेल बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *