ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनबाट आयो आठलाख डोज कोरोना विरुधको खोप

काठमाडौं चैत्र १६ ।  चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो ।

आइतबार अपराह्न चीनको राजधानी बेइजिङ नेपाल एयरलाइन्सको जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप  हस्तान्तरण गरिन् ।

 चीन सरकारले ‘भेरोसेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *