ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

होलिमा प्रयोग गरिने रंगहरुले छाला सम्बन्धि विभिन्न समस्या ल्याउन सक्ने

काठमाडौं चैत १५ । रंगहरुको पर्व होली । यो पर्वमा एकअर्कालाई रङ,लगाएर, छ्यापेर खुसी र प्रेम साटासाट गरेर मनाइन्छ । यो पर्व पहाडी क्षेत्रमा सोमबार मनाइयो भने तराईमा मंगलबार मनाईदै छ । यो पर्वमा स-साना बालबालिका देखि वृद्ध तथा युवायुवतीहरु प्रेम सद्भाव बाडेर एक ठाँउमा भेला भएर मज्जा लिने गर्छन ।.

यो पर्व विशेषगरी फागुन महिनामा मनाइने भएकाले यसलाई फागु पुर्णिामा भन्ने प्रचलन पनि छ । साथिभाइ,इष्टमित्र र आफ्नतजनसँग भेला भएर एक अर्कालाई रंग लगाएर होली खेल्दा रमाइलो त हुन्छ नै, तर हामिलाइ थाहा छैन कि होलीमा प्रयोग हुने रङमा विभिन्न किसिमका केमिकलहरु पनि मिसिएका हुन्छन् भनेर त्यसैले यो बारे पनि सचेत हुनु जरुरी छ । पछिल्लो समय पश्चिमि कल्चरहरु भित्रिदै गर्दा होलीमा केही विकृति पनि भित्रिएका छन् ।

होलीमा प्रयोग गरिने विभिन्न खालका रंगहरुले शरीरमा सङ्क्रमण र एलर्जी गराउने सम्भावना हुन्छ। रङमा प्रयोग गरिएका रसायनका कारण अनुहार र कपालमा विभिन्न समस्या पनि आउन सक्छन् । होली भन्दैमा अत्यधिक रंग प्रयोग गर्न हुदैन । छाला रोग विशेषज्ञका अनुशार होलिमा प्रयोग गरिने रङमा अत्यधिक रसायनयुक्त पदार्थ हुने भएकोले सतर्कता अपनाउनु जरुरी छ । केमिकलयुक्त रङको प्रयोगले छालामा एलर्जी हुन्छ । होली खेल्नुअघि कपाल जोगाउन तेल र अनुहारमा मोस्चराइजर लगाउनुपर्छ । अनुहारमा लामो समयसम्म रंग राख्न नहुने विशेषज्ञहरु बताउछन ।

रङमा प्रयोग भएका केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने वा फोका उठ्ने समस्या पैदा भई छाला बिग्रीन्छ भने रंगहरु आँखामा पर्दा आँखा दुख्ने, रातो हुने जस्ता समस्या देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *