ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चार दशक पछि बल्ल झर्यो मेलम्चीको पानी काठमाडौका धारामा

काठमाडौं चैत्र १५ । करिव ४ दशक पछि मेलम्चिको पानि उपभोक्ताको धारासम्म पुगेको छ । मेलम्चीबाट आएको १७ करोड पानि मध्ये तिन चरणमा विभाजन गरी पहिलो चरणमा ४ करोड, दोस्रो चरणमा साढे ६ करोड र तेस्रो चरणमा साढे ८ करोड पानि वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको योजना छ ।

करिव ४ दशकको प्रतिक्षा पक्षी सिन्धुपाल्चोकको मेलम्चिमा काठमाडौं उपत्यकाका उपभोक्तासम्मको धारामा पुगेको छ । केही दिन अघि प्रधानमन्त्री केपी ओलीले सुन्दरी जल पुगेर उद्घाटन गरेको पानीलाई आइतबार महांकालमा रहेको पोखरी हुदै उपत्यकामा वितरण गरिएको हो । मेलम्चिबाट आउने भनिएको ५१ करोड लिटर पानि मध्ये हाल मेलम्ची नदिबाट सुरुङ हुदैं १७ करोड लिटर पानि काठमाडौं झारिदै छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडसंग दैनिक उपल्व्ध हुने ८ करोड लिटर र मेलम्चिबाट आएको १७ करोड लिटरलाई दैनिक विभिन्न तालिका बनाएर वितरण गर्ने योजनामा लिमिटेड रहेको छ ।

जसको पहिलो चरणमा आइतबार अनामनगर, मिनभवन र खुमलटारमा रहेका पोखरीबाट दैनिक ४ करोड लिटर पानि वितरण भएको छ । त्यस्तै दोस्रो चरणमा मंगलबार बालाजु पानीपोखरी थप गरि दैनिक साढे ६ करोड लिटर पानि बितरण गरिने र अन्त्यमा बासवारी र महाराजंगमा थप साढे ८ करोड लिटर पानि वितरण गरिने लिमिटेडले जनाएको छ । खानेपानीको अभावले काकाकुल जस्तै बनेका उपत्यकाका नागरिक खानेपानी आएपछि हर्सित छन् । उपत्यकामा करिव २ लाख ३० हजार ग्राहक रहेको लिमिटेडले पानिको मात्राका आधारमा समय तालिका निर्घारण गरेर पानि वितरण गर्ने जनाएको छ । भने पानिको मात्रा थपिदै गएपछि २४ सै घण्टा पानि वितरण गर्ने योजना बनाएको छ ।

पानिको तालिका तथा अवस्थाको जानकारीका लागि फेसबुक पेज र एप समेत निर्माण गरेको लिमिटेडले पहिलो चरणमानै अनामनगर श्रेत्रमा ५ सय १० धारा जडान गरी पाइलट प्रोजेक्टको रुपमा अघि बढाउदै २४ सै घण्टा पानि वितरण गर्ने जनाएको छ । पानि वितरणको जिम्मा पाएको लिमिटेडले त्तकाल पुरानै पाइप लाईनबाट पानि वितरण गर्ने जनाएको छ भने नयाँ जडान भएका पाइपलाईनको परिक्षण गर्दै त्यहीबाट वितरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *