ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना कहरका बिच होली

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं ,चैत १५ । आइतबार फागू पूर्णिमा अर्थात् होली एक अर्कामा प्रेम, सद्भाव साटासाट गरेर होली मनाउने गरीन्छ । आज देशको हिमाली तथा पहाडी क्षेत्रमा उत्सवका साथ होली मनाइंदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोरोना संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको थियो ।
काठमाडौं प्रशासन र स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न अनुरोध गरेको थियो ।

बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको थियो । तर कोरोना महामारीका कारण विश्वलाइ नै आक्रान्त बनाइरहेको कोरोना भाइरसलाइ मध्यनजर गर्दै सरकारले होली खेल्न प्रतीबन्ध लगाएपनि राजधानीको वसन्तपुरमा हजारौं संख्यामा विदेशी,बृद्धवृद्धा,युवा–युवती र बालबालिकाले फागु पुर्णीमा अर्थात होली मनाएका छन् ।

अघिल्ला बर्षको तुलनामा यो बर्ष चहलपहल र होली खेल्नेमा कमी देखीएपनि कोरोनाको बेवास्ता गर्दै होली खेल्नेको संख्यामा भने उल्यख्य थियो ।ह्यापी होली लेखेको सेतो टिसर्टमा युवायुवती होलीको शुभकामना साटासाट गर्दै एक अर्कालाइ रंग दलिरहेका थिए ।

बाहिय पर्यटकहरु पनि होली खेलेर रमाइरहेका छन् ।
तर वसन्तपुरमा होली खेल्न भीड जम्मा भएका र उनीहरुले स्वास्थय सतर्कता खासै नअपनाएको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *