ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केही दिन देखी बढेको वायु प्रदूषणले विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको

काठमाडौं चैत्र १५ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफीङमा बोल्दै प्रवक्ता प्रा डा जागेश्वर गौतमले विगत केही दिनदेखि काठमाडौं उपत्यका सहित केही स्थानमा देखिएको वायु प्रदुषणका कारण समस्या बढेको बताउनु भएको हो । प्रदूषणकै कारण रुघाखोकी, दम, एलर्जी, आखाँ पोल्ने अन्य स्वासप्रस्वास सम्बन्धी समस्याको जोखिम बढेको भन्दै उहाँले अत्यावश्यक काम नभएसम्म बाहिर ननिसक्न आग्रह पनि गर्नुभयो ।

त्यसैगरी मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएको र विद्यालयहरु कोरोनाको हटस्पट बन्न सक्ने देखिएको भन्दै सचेत पनि गराएको छ । टेकुमा उपचारत अधिकांश बिरामीहरु स्कुल कलेजमा पढ्ने विद्यार्थी, शिक्षक, होटलमा काम गर्ने कर्मचारीहरु रहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको हो । विद्यालयहरुले मापदण्ड पालनामा लापरवाही गरेको भन्दै मन्त्रालयले लापरवाही नगर्न आग्रह गरेको छ ।

देशमा गत चौबीस घण्टामा २१ सय १ जनाको परीक्षण गर्दा काठमाडौं उपत्यकामा ६५ जना सहित देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ जना पुगेको छ । त्यस्तै हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ७२ हजार ५ सय ३० जना पुगेको मन्त्रालयको भनाई छ ।

नेपालमा कोरवना निको हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ । देशभर क्वारेन्टिनमा ५७ जना र संक्रिय संक्रमित संख्या १ हजार २ सय ८२ जना रहेका छन् । आइसियुमा ४१ जना र भेन्टिलेटरमा १ जना उपचारत रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *