ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

होली एउटै तर पहाड र तराईमा किन फरक दिन ?

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं चैत्र १५ । विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’ हिरण्यकश्यपुले आफ्नो राज्यमा ‘भगवान् विष्णु’ को पूजापाठमा प्रतिबन्ध लगाएर आफूलाई भगवान घोषित गरे । नागरिकले त्रासका कारण हिरण्यकशयपको पुजा गरेपनि उनकै आफ्नै छोरा प्रल्हादले त्यसको अवज्ञा गरेर भगवान विष्णुको पूजा गरिरहे । आफ्नै छोरा प्रह्लादले आज्ञा नमानेपछि हिरण्यकश्यपुले रिसले ‘ब्रह्मा’ बाट आगोमा नजल्ने ‘बरदान’ पाएकी ‘होलिका’को माध्यमबाट प्रल्हादलाई जलाएर मार्ने प्रयास गरे ।

‘होलिका’ ले प्रल्हादलाई काखमा राखेर आगोमा बसिन् । तर, आगोमा उल्टै ‘होलिका’ नै जलेर भष्म भइन्, प्रह्लाद जीवितै रहे । त्यसैलाई होलिका दहनको भोलीपल्ट भोलिपल्ट रंग अबीर लगाएर होली खेल्ने गरिन्छ ।

तर नेपालका पहाड र हिमालमा खेल्ने होली भने फरक फरक मनाउने गरिन्छ । पहाड तथा उपत्यकामा होली मनाएको भोलीपल्टमात्र तराईमा होली मनाउने गरिन्छ । पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्ग अनुसार होली मनाउने भएको हुनाले फरक देखिएको संस्कृति विदको भनाई छ ।पहाड र मधेसको सँस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरामा फरक हुने बताउँदै कसको पालामा कुन पर्वको सुरुवात भयो, त्यसले पनि मनाउने समय फरक देखिने गरेको उनले अध्येताह बताउछन् ।

मिथिलाका राजा हर्षवर्द्धनका पालादेखि परम्परागत रुपमा होली मनाउन सुरु गरिएको र पहाड मध्यकाल अर्थात मल्लकालका राजाका पालादेखि मनाउन सुरु गरिएको हो । फरक– फरक समयमा सँस्कृतिको सुरुवात भएका कारण चाडपर्व मनाउनेदिन फरक परेको हो ।

फागुन शुक्ल पक्ष अष्टमीको दिन काठमाडौंको वसन्तपुरमा होलीको चीर खडा गरेपछि पहाडमा विधिवतरुपमा होलीको सुरुवात भएको मानिन्छ । फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि सुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ । त्यस्तै  तराई मधेसमा वसन्त पञ्चमीका दिनदेखि नै होलीको सुरुवात हुन्छ र १५ दिनसम्म मनाइन्छ । अर्थात फागु पूर्णिमाको दिन होलिकाको दहन गरेपछि त्यसको खुसीयालीमा त्यसको भोलिपल्ट रंग अबीर खेलिन्छ र होली सम्पन्न हुन्छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *