ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्चीको पानी आज कति बेला आउला ?

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेपाली कांग्रेसका सन्त नेता तथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सुरु गरेको बहुप्रतिष्ठित मेलम्ची आयोजनाको पानी आउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । काठमाडौं उपत्यकाबासीलाई आजबाट घरघरमा मेलम्चीको पानी वितरण गर्ने सरकारले जनाएको छ ।

मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण मन्त्रालयले जनाएको छ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पुर्‍याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।

आइतबार बिहान ८ बजे देखी सुन्दरीजलबाट पानीछाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि यसको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले मिति तय गरेर गर्ने कार्यक्रम रहेको

मेलम्चीको आयोजनाको पानी २६ किलोमिटर सुरुङमार्ग महिना सुन्दरीजल झारिएको छ भने यस आयोजना मार्फत पूर्ण १७ करोड लिटर पानी पथान्तरण गर्न सकिन् । काठमाडौं उपत्यकामा पुर्ण क्षमतामा पानी बितरण गर्नका लागि २० दिनको समय लाग्ने तथा अहिले पुरानै बितरण प्रणाली मार्फत पानी पठाइने भएको छ । सबै रिजर्भ ट्याङ्कीहरु भरिएपछी मात्रै नयाँ बितरण प्रणाली मार्फत पानी बितरण गरिने आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *