ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चैत्र १५ गते आइतबारको तपाइको राशिफल

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

आज मिति २०७७ साल चैत्र १५ गते आइतबार तदनुसार सन २०२१ मार्च महिनाको २८ तारिख, फागुन शुक्ल पक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  प्रमादी नाम संवत्सर, उत्तरफाल्गुनी नक्षत्र, पूर्णिमा तिथी, वृद्धि योग, भद्रा करण, आज चन्द«मा कन्या राशीमा रहनेछ, आजको शुभ समय बिहानको ११ बजेर ४४ मिनेटबाट १२ बजेर ३३ मिनेटसम्म रहनेछ । दिउँसोको ४ बजेर ४६ मिनेटबाट ६ बजेर १८ मिनेटसम्म रहनेछ ।

मेष राशी

भाग्यको सहयोग रहनेछ , पारिवारिक सुख वा धनलाभ हुने, कार्यसिद्धि तथा सुख प्राप्ति हुने, मिठो खानपान हुने, शारिरिक आरोग्य प्राप्ति, आर्थिक लाभ, शत्रुहरु हटनेछन्, वस्त्र वा उपहार आदिको लाभ, कार्य स्थलमा मानिसहरुले सहयोग गर्नेछन, दाम्पत्य जीवन तथा व्यापार व्यवसायको लागि भने दिन त्यति सहज नहुन सक्छ,

वृष राशी

मानसिक रुपमा बलियो हुनुपर्ने दिन छ, अशान्त मनले गरेका निर्णयहरु पनि गलत हुन सक्छन । गरेका कार्यहरुमा विध्न बाधाहरु आउने, मानसिक खिन्नता, शारिरिक अस्वस्थता र कष्ट हुन सक्छ, मान सम्मानमा हानी हुन सक्ने योग छ, संक्रामक बिमारीबाट सचेत हुनु पर्नेछ, कुनै सम्बन्धको कारणले अथवा कोही महिलाको कारणले तनाव उत्पन्न हुन सक्छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, कामुकतामा नियन्त्रण जरुरी छ ।

मिथुन राशी

स्वास्थ्यको ख्याल गर्नु पर्ने हुन सक्छ । तामसिक भोजन तर्फ मन जाने, खानपानको गडबडीले समस्या निम्त्याउन सक्ने, निरर्थक चिन्ता र बेचैनीबाट मुक्त रहनु पर्नेछ, मन अस्थिर भइ निद्रा बाधित हुन सक्छ, छातिको समस्या हुनेहरुले सावधानी अपनाउनु होला, कार्यस्थलमा सचेत रहनु होला, घर बाहिर समय बिताउनु पर्ने हुन सक्छ, व्यवसाय र लगानीलाइ भने आज दिन राम्रो छैन । शेयर अथवा अचल सम्पत्तिको लेनदेन आज नगर्नुहोला । आत्मविश्वासमा कमि आउन नदिनु होला । गोचरमा सूर्य बलियो छ भने चिन्ता लिनु पर्दैन । सबै कुराबाट पार लाग्नेछ ।

कर्कट राशी

भाग्यको साथ सहयोग रहनेछ । धन लाभ, बस्त्र लाभ एवम् मिष्ठान्न भोजन प्राप्ति को योग छ, स्वास्थयमा प्रगति , नकारात्मक बाधाहरुबाट मुक्ति पाइने, मन प्रसन्न रहनेछ, बन्धुबान्धवहरुबाट सहयोग पाइने, विद्याथीहरुको पढाइ लेखाइ सम्बन्धि समय राम्रो छ, प्रेम प्रसगंको लागि गरिएका प्रयास सफल हुनेछन। कार्यस्थलमा भने आज विवाद नगर्नु होला, धैर्यको फल मिठो पाइनेछ ।

सिंह राशी

समय अनुकुल रहने छैन, मानसिक तनाव र चिन्ता दिने खालको समय छ, स्वास्थ्यको ख्याल राख्नुहोला, ग्रहले मानसिक असन्तोष,  नेत्र पिडा, पाइल्स, मूत्र रोग जस्ता समस्याको साथै अन्य शारिरिक पीडा  दिन सक्नेछ, उचित भोजन नहुने वा खानपानको समय नमिल्ने,  पारिवारिक सुखमा कमि आउने, गरेका कार्यहरुमा जस नपाउने, खर्च वृद्धि हुन सक्ने योग छ, व्यवसायमा घाटा लाग्ने सम्भावना बढेको छ, कर्म गर्दा आरोप तथा अपमान पनि सहनुपर्ने अवस्था आउन सक्छ ।

कन्या राशी

राम्रो समय छ । आजको दिन सुख र आनन्दमय रहनेछ । पारिवारिक तथा भौतिक सुख पाइने, उत्तम खानपानमा हुने, धन लाभ हुने तथा उपहार आदि प्राप्त हुने, शरीरमा आरोग्यता प्राप्ति, स्त्रि सुख तथा दाम्पत्य सुख प्राप्त हुने, लाभकारी घटनाहरु घटन सक्ने दिन भएकोले प्रयास चाँही अवश्य गर्नुहोला,

तुला राशी

समय अनुकुल नहुन सक्छ । शारिरिक पीडा तथा मानसिक व्यथाले सताउन सक्छ । रिस गर्नेहरु भित्र भित्रै सक्रिय हुनेछन्, अरुको डाहाको शिकार हुनुपर्ने अवस्था आउन सक्ने भएकोले अलि सचेत रहनुहोला, कार्यमा बाधा आउन सक्ने भएकोले कर्म क्षेत्रमा विशेष ध्यान दिनु पर्नेछ, शोक तथा कष्ट पर्न सक्ने भएकोले सावधानी अपनाउनु होला । खर्च माथि नियन्त्रण जरुरी छ, आफन्त साथीभाइ वा नजीकका हरुले तँपाइलाइ नबुझिदिँदा समस्या उत्पन्न हुने वा अनादर हुन सक्छ, नयाँ सामान खरीद वा लगानी को लागि आज राम्रो छैन । विवादबाट आज टाढा बसी सकारात्मक सोच राख्नु भएमा तँपाइको दिन सुखद हुनेछ।

वृश्चिक राशी

दिन राम्रो छ, मन प्रफुल्लित रहने छ, धन लाभ, आयस्रोतमा बृद्धि, पाहुनाहरुसँग सामाजिक रमाइलोमा समय बित्ने छ, उत्तम तथा मिठो खानपानमा सहभागि भइने, भाइ बहिनी, मित्रहरुको सहयोग पाइने, पारिवारिक सुख तथा महिलाहरुसँग को सम्पर्कले लाभ दिनेछ, दाम्पत्य जीवन सुखमय रहनेछ, सन्तान पक्षबाट सुख पाइनेछ, व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ, लगानीको लागि आज दिन राम्रो छ ।

धनु राशी

दिन राम्रोछ । चिताएको कार्य पूरा हुने योग छ । सरकारी काम कारवाहीमा सहयोग पाइनेछ,  वा तँपाइको कार्यको प्रशंसा अरुले गर्ने छन ।  मान सम्मान र पदोन्नतिको समय पनि चलेको छ प्रयास गर्नुहोला, पारिवारिक सुख र दाम्पत्य सुख राम्रो रहनेछ, शत्रुहरु टाढिने छन् । विद्यार्थीहरुलाइ आज दिन राम्रो रहनेछ ।

मकर राशी

व्यर्थको काममा मा अलमलिनु पर्ने योग छ, स्वास्थ्यका ख्याल गर्नुहोला,  छातीको समस्या हुनेहरुले विशेष ध्यान दिनुपर्नेछ, कानुनी झमेला, विवाद वा दन्ड जरिवाना आदि बाट गुज्रिनु पर्ने सम्भावना आउन सक्छ, सन्तान सँग मतभेद अथवा सन्तान पक्षबाट चिन्ता पर्न सक्छ, व्यवसाय गर्नेहरुलाई आज दिन उपयक्त छैन, लगानीलाइ आज थाँती राख्नु होला, । विद्यार्थीहरुले पढाइमा मेहनत गर्नै पर्ने अवस्था छ । 

कुम्भ राशी

स्वास्थयको ख्याल राख्नु पर्ने दिन छ । यात्रामा असुविधा, अपच, श्वास प्रश्वास, रुघा खोकि, निमोनिया आदि छाती जन्य रोगहरुबाट सावधान रहनु होला । झगडा, विवादबाट बच्नुपर्ने दिन छ , मन अशान्त रहन सक्छ, टाइममा खानपान नहुने अथवा जथाभावीको भोजनले  हानी गर्न सक्छ, धन हानी र अचानक पीडा कष्ट पर्ने योग पनि देखिएकोले सावधान रहनु होला ।

मीन राशी

दिन राम्रो छ । धन लाभ भइ आर्थिक पक्ष बलियो हुनेछ, सानो सानो लाभदायक भ्रमण हुन सक्छ, स्वास्थ्य राम्रो रहनेछ, उत्तम खानपान, दाम्पत्य सुख, रतिसुख, भोग बिलासमा मन जाने वा समय बित्नेछ । वाहन सुख अथवा अन्य भौतिक सामाग्रीको खरीद हुने सम्भावना छ, मान सम्मान र ख्यातिमा पनि बृद्धि हुने योग आएको छ । कानुनी तथा प्रशासनिक कुराहरुमा सहजता प्राप्ति हुन सक्छ । व्यापार व्यवसाय मा लाभ र लगानीलाई समय उत्तम रहनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *