ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नागरिक अगुवासंग ओलीइतरका नेता- मेरै गोरुको बाह्रै टक्का

काठमाडौं चैत्र १४ । ओली विरुध सडकमा उत्रिएका राजनीतिक दलहरुलाई एउटै मञ्चमा राखेर नागरिक समाजले खवरदारी गरेको छ । संसद विघटन विरुध सडमा उत्रिएको नागरिक समाजले ओलीको कदम गैर संवैधानिक भन्दै नानाभाती गाली गर्ने र अहिले त्यही सरकारलाई निरन्तरता दिएको भन्दै नागरिक समाजले आक्रोष पोखेको छ ।

ओलीको कदमलाई असंवैधानीक भनेर सडक तताएका राजनीतिक दललाई नागरिक समाजले साथ दियो । ओलीको कदमलाई सर्वोच्चले अस्विकार त गर्यो तर न केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिए नत ओली विरुध एक जुट भएको गठवन्धन कारीहरु यसरी नागरिक आन्दोलनका भरमा पाएको उपलव्धिलाई वेवास्ता गर्दै ओलीलाई निरन्तरता दिएपछि नेताहरुलाई नागरिक अगुवाले पुन एक पटक प्रश्न उठाएका छन् ।

शनिवार ओलीको कदम विरुध सडकमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र जनता समाजवादीका अध्यक्ष महन्त ठाकुरले जनताका तिखा प्रश्नको समाना गर्नु पर्यो ।

प्रधानमन्त्री ओलीलाई सत्तो सराप गरेपनि ओलीलाई दिएको समर्थन फिर्ता नलिएको आरोपको सामना गरेका अध्यक्ष प्रचण्डले ओलीलाई दिएको समर्थन केही दिनमा फिर्ता लिएर नयाँ सरकार बनाउन महन्त ठाकुरलाई आंग्रह मात्र गरेन्न् । निर्वाचन आयोग सेटिङमा र सर्वोच्च अदालतले दिउँसै रात पारेको आरोप लगाए । संसदबाट निकास दिन नसकिए सडकमा आउने भन्दै प्रचण्डले नागरिक समाजको पछिपछि लागेर सडकमा पुन आउन तयार रहेको जनाए ।

त्यस्तै शत्ता समिकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्त ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने अनी जसपालाई गाली गरेको भन्दै प्रचण्डमाथी नै खनिए । आफ्ना माग पुरा गरे सरकारमा जान तयार रहेको बताएका ठाकुरले सवै भन्दा पहिले आफ्नो अलमल अन्त्य गर्न प्रचण्डलाई सुझवा दिए l

सरकारको विकल्प दिनु पर्ने प्रतिपक्षी कांग्रेस मौन भएको भन्दै नागरिक समाजले त्तकाल ठोष निर्णय लिन कांग्रेसलाई दवाव दिएको छ । माओवादी केन्द्र र जसपाले निर्णय गरे ओलीलाई हटाउन तयार भएको कांग्रेसको दावी छ ।

नेकपा हुदाँ प्रचण्ड पक्षमा गएका तर सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुर्ववत अवस्थमा फर्काएसंगै एमाले भित्र अन्तरसंघर्ष गरिहरेका माधव कुमार नेपालले सर्वोच्च अदालतले आफुलाई घोक्र्याएर पुरानै पार्टीमा फर्काएको टिप्पणी गरे सर्वोच्च अदालतले विचित्रको फैसला गरेको भन्दै नेता नेपालले कांग्रेस र जसपामाथी पनि आक्रोष पोखे ।

कांग्रेस र जसपाको साथ रहिरहेसम्म ओली सकरकारबाट नहट्ने उनको भनाई थियो ।नागरिक समाजले ओली विरुध सडकमा उतिएका नेताहरुलाई खवरदारी गरेपनि उनीहरुको अझै डेग सरेको छैन । व्यक्ति तथा पार्टी स्वार्थका कारण ओलीको विकल्प नखोजेका पार्टी र आफैले विघटन गरेको संसदमा बसिरहने प्रधानमन्त्रीलाई जनताले भने कुरी कुरी भनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *