ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वायु प्रदुषण केही समय अझै रहने भन्दै सजकता अपनाउन चिकित्सकको आग्रह

काठमाडौं ,चैत १४ । काठमाडौं उपत्यकाको आकाश धुवाँ र तुवालोले ढाकिएएपछि प्रदूषण स्तर जोखिम तहमा पुगेको छ । आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने र स्वासप्रस्वास सम्बन्धि जस्ता समस्याहरु देखिइरहेका छन् । मौसमविदले अहिलेको अवस्था केही दिन रहने र पानी नपरेसम्म आकाश सफा नहुने बताएका छन् । यो अवस्थामा बालबालिका, दीर्घरोगी र स्वासप्रश्वासका विरामीलाई बढी असर गर्ने भएकोले सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेको छ।

शुक्रबार मध्यान्नबाट काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलाले ढाकेको छ । घाम नलागेको र हावा पनि नचलेपछि आकाश पुरा तुवाँलो लागेजस्तो मात्र देखिएको छ । घरबाहिर निस्कँदा आँखा पिरो हुने र सासफेर्न गाह्रो भएजस्तो समस्या देखिन थालेका छन् भने अन्य स्वास्थ्य समस्याको जोखिम बढेको छ । यो वर्षको हिउँद र प्रि-मनसुनको अवधिमा पनि औषत भन्दा निकै कम पानी परेका कारण वायुमण्डलमा रहेका धुलोका कण सफा हुन नपाउँदा वायु प्रदूषण बढेको मौसमविदको भनाई छ । यो अवस्था अझै केही समय सम्म कायमै रहने भन्दै उनीहरुले सतर्कता अपनाउन मौसमविद् उज्ज्वल उपाध्यले आग्रह गरेका छन् ।

अहिले वायु मण्डलमा रहेको धुँलोमा निकोटिन, नाइट्रोजन अक्साइड, सल्फडाइ अक्साइड लगायतका घातक रसायनहरु मिसिएकाले स्वास्थ्यका लागि हानिकरक मानिएको छ । कुनै कुनै तत्त्वहरु क्यान्सर निम्त्याउन सक्ने पनि रहेका छन् । यसरी एकाएक आएको तुवालोबाट बच्न चिकित्सकहरुले आग्रह गरेका छन् । बालबालिका, दीर्घरोगी र स्वासप्रश्वासका विरामीलाई बढी असर गर्ने भएकोले सावधानी अपनाउन छाति रोग विशेषज्ञ डा निरज बमले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले मर्निङवाक नजान अनुरोध गरेको छ । साथै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न मन्त्रालयको आग्रह छ ।

भारतको राजस्थानमा बढ्दै गइरहेको प्रदुषण र नेपालका विभिन्न ठाउँमा बढिरहेको डढेलोको प्रभाव यता देखिएको मौसमविद्को भनाई छ । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले तत्काल आकाश सफा नहुने उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *