ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेशी सेना फिर्ता नगरे आक्रमण गर्ने अफगानिस्तानी विद्रोही तालिबानको चेतावनी

एजेन्सी चैत्र १४ । अफगानिस्तानमा संघर्षरत विद्रोही तालिबानले तोकिएको समयसिमामा विदेशी फौज स्वदेश फिर्ता नभए आक्रमण गर्ने चेतावनी दिएको छ ।

गत वर्षको फ्रेबुअरीमा अमेरिका र तालिबानबीचको शान्ति सहमति अनुसार यहि मे १ तारिखमा अमेरिकी सहित सवै अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छोड्ने उल्लेख छ । यदि मे १ तारिखभित्र अफगानिस्तानबाट विदेशी फौज स्वदेश फिर्ता नभए मुलुकलाई स्वतन्त्र पार्न उनीहरुविरुद्ध सशस्त्र संघर्ष गर्ने चेतावनी तालिबानको छ ।

बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडनले तोकिएको समयमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्न कठिन हुने अभिव्यक्ति दिएको भोलीपल्ट तालिबानले विज्ञप्ती मार्फत यस्तो चेतावनी दिएको हो । बाइडनले अफगानिस्तानमा लामो समय अमेरिकी सेना तैनाथ गर्ने मनसाय नभएको बताएका छन् ।

सन् २ हजार २०को फ्रेबुअरीमा पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले २५ सय अमेरिकी सेनाले अफगानिस्तान छोड्ने प्रतिबद्धता गरेको थियो । सहमतिअनुसार तालिबानले हिंसा रोक्ने र अलकायदा लगायतका आतंकवादी समूहलाई आश्रय नदिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *