ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत २४ घण्टामा ८५ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौँ चैत १४ l देशभरका विभिन्न प्रयोगशालामा गरीएको २ हजार ७ सय ४५ वटा नमुना परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

हालसम्म कूल २ लाख ७६ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप ३ जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ ।

त्यसैगरी गत चौबीस घण्टामा ९३ सहित कूल २ लाख ७२ हजार ४ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेदर ९८ दशमलव ४ प्रतिशत हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *