ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१८ बर्षको उमेरमा राजनीति सुरु गरेका सन्त नेता जोशीप्रति श्रदाञ्जली

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं चैत्र १४ । तडक भडकको राजनीति भन्दा पर रहेका साधकी राजनीतिसंगै अव यो संसारबाट समेत सधैका लागि विदा भएका छन् । बुबा गजेन्द्रराज जोशी र आमा गीता जोशीको गर्वबाट २०१८ साल असार ३ गते जन्मिएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले ७७ चैत्र १३ गते राति ८ बजेर २४ मिनेटमा मष्तिष्काघातका कारण ज्यान गुमाए ।

१८ बर्षको कलिलो उमेरमानै नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका जोशी नेपाल विद्यार्थी संघको सदस्य, काठमाडौं नेविसंघ अध्यक्ष, संविधानसभा सदस्य हुदै मन्त्री समेत भए । २०४४ सालमा २८ बर्षको उमेरमा नेपाल विद्यार्थीसंघको महामन्त्रीको जिम्वेवारी संहालेका नेता जोशी ०४८ सालको महाधिवेशनमा नेविसंघ एनपी सावतसंग सभापतिमा पराजित भए । ०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भए । .

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका जोशी संविधानसभाको ०६४ र ०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका थिए । ०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा जोशी उद्योगमन्त्री बने । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी पछि एक बनेको नेकपाका नेता जीवनराम श्रेष्ठसँग जम्मा ३५४ मतले पराजित भए ।

यसरी छोटो उमेरमा नै राजनीतिको शिखर चुम्दै गएका साधकी नेता जोशीको आज नै पशुपति आर्यघाटमा दाहासंकार गरिने छ । आज नै दिनको १२ बजे देखि २ बजेसम्म उनको पार्थिव सरिरलाई पार्टी कार्यलय सानेपामा श्रदाञ्जलीका लागि राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *