ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शनिबार पनि काठमाडौंको वायु प्रदुषण उच्च

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं चैत्र १४ । शुक्रबार दिउसो देखि खारब भएको उपत्यकाको वायु प्रदुषणमा शनिबा पनि सुधार आउन सकेको छ्रैन् । भिजिविलिट न्यून भएपछि शुक्रबार दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत बन्द भएको थियो । शनिबार बिहान प्रदषण झन बढेको छ भने भिजिविलिटी पनि झन खस्किएको छ । शुक्रबार बिहान ३५ सयमा रहेको भिजिविलिटी दिउसो एक हजारमा झरेको थियो । तर ४ बजेपछि भिजिविलिमा केहि सुधार आएर १६ पुग्दा विमानस्थल पुनः सञ्चालनमा आएको थियो । शुक्रबार बिहानको काठमाडौंको एयर पोलुषन ३८८ एक्वायर रहेको छ । जुन एकदमै खतरा हो ।

केहि दिन देखि उपत्यकामा पानी नपर्दा बातावरण प्रदुषण बढदै गएको थियो । बारा,पर्सा र चितवन लगायतका जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोको धुवाले शुक्रबार काठमाडौं बायु प्रदुषण झन बढेको हो । पानी परेन वा हावाहुरी चलेन भने प्रदुषण दुई तीन दिन रहन सक्ने वातावरण विद्को भनाई छ । प्रदूषणका कारण अवतजावत गर्नेहरुलाई निकै सास्ति भएको छ भने पुनः काठमाडौं विश्वकै प्रदुषित सहर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *