ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदिय दलको बैठकमा पार्टी एकताको कुरा आएपछि प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- एकताको रोइलो तिनकै पो छ

काठमाडौं चैत्र १४ ।एमाले भित्रको किचलो अझ बढ्दो क्रममा छ । शुक्रबार नेपाल- खनाल समुहले संसदिय दलको बैठकमा उपस्थित भएपछि विवाद केही मथ्थर हुने अनुमान गरिएको थियो । तर त्यसको ठिक विपरित बैठकमै सवाल जवाफ भएपछि अवस्था अझ गंभिर बनेको छ ।

केही नेताहरुले एकताका लागि लचिलो हुन आग्रह गरेपनि बैठक त्यति सहज भने हुन सकेन । यसरी पार्टी एकिकरणको प्रस्ताव आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल मार्फत एकताको रोइलो निकालेको भन्दै टिप्पणी गरेका छन् । यस अघि ओली समुहका नेता कार्यकर्तालाई कारवाही गरेको दृषटान्त दिदै थापले एकताको रोइलो गरेको भन्दै आप्पति जनाएका छन् ।

सामाजिक सञ्जालमा गरेको सुर्यथापको टप्पणी जस्ताको तस्तै:

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि  कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दु:खी आत्माहरूलाई पाे आज  पार्टी एकता चाहिएकाे रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले  बास्तवमा केचाहिँ गर्न बाँकी ?

काेही प्रदर्शनी मार्गमा  चिच्याए – केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं !!

काेही कार्की बैक्वेटमा उफ्रिए- केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं !

 माझण्ड गुटकाे मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेकाे ऐलान नै गरे – ७ जनालाई पार्टीबाट नै हटायाैं !!!

विचराहरू –

तिनले के के गरेका थिए ?

१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलकाे नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै हाेइन, चार पटक  निस्काशन गरे ।

२. महासचिव विष्णुप्रसाद  पाैडेललाई  दुई पटक निस्काशनकाे घाेषणा गरे ।

३. मुख्यमन्त्री शंकर पाेखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट  एकपटक निस्कासन गरे  ।

४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निस्काशन गरे ।

५. सुवासचन्द्र नेम्वाङलाई  संसदीय दलकाे उपनेताबाट एकपटक निस्काशन गरे ।

६. विशाल भट्टराईलाई संसदीय दलकाे प्रमुख सचेतकबाट निस्कासन  एकपटक निस्काशन गरे ।

७. शान्ता चाैधरीलाई संसदीय दलकाे सचेतकबाट एकपटक निस्काशन गरे

८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि  निलम्बन गरे ।

९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट  छ महिनाकाे लागि निलम्बन गरे ।

१०. गाेकुल बाँस्काेटालाई  केन्द्रीय कमिटी सदस्यबाट निलम्बनकाे प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ  बुबाकाे किरियामा रहनुभएकाले विराेध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।

११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे र

१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट  छ महिनाकाे लागि निलम्बन गरे ।

उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियाे भन्ने स्पष्ट नै छ।

यहाँनेर सबैलाई ज्ञात हाेस् र स्मरण पनि –

(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निस्काशन र निलम्बनकाे घाेषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजाेबध गर्ने कार्य श्री माधवजीकाे पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीकाे कारण र  कुण्ठाग्रस्त मानसिकताको परिणाम हाे । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनकाे घाेषणा गर्न पनि प्रचण्डकाे जाेड नभएर श्री नेपालजीकाे द्वेष नै कारक थियाे र छ ।)

समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएकाे  छ –

तैपनि तिनमा कुनै पश्चातापबाेध छैन,

अझ उल्टै पार्टी एकताकाे राेइलाे तिनकै पाे छ ।

खासमा पार्टी एकता भत्काउने र भाँड्ने काे थियाे ?

ऐनामा अनुहार हेर्नू पर्दैन ?

अनि,

निशर्त नेकपा (एमाले),

 सूर्य चिन्ह,

र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीकाे मियाेमा आबद्ध भएर अघि बढ्न तयार भई आए पाे स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने ? 

कमसेकम  माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन !

अनि बल्ल पार्टी अनुशासित, सबल  र पार्टीजस्ताे हुन्छ !!

नत्र प्रचण्डसँगकाे अघाेषित कार्यगत एकता, हरेक दिनजस्ताे भेटघाट र साँठगाँठ किन चलिरहेकाे छ  ?

अब गंगा गए गंगादास,

जमुना गए जमुनादास नहाेओैं कि ?

कमसेककम-

१.२०७७ बैशाख यताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरित, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्य/दुष्कार्य गलत गरेका थियाै। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छाैं, पार्टीले हाम्राे सार्वजनिक आलाेचना गरेर सुध्रिने माैका प्रदान गराेस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन ?

२. अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलाे देखाउन खाेज्ने, केन्द्रीय कमिटीका १०ओैं, ११ ओैं र १२ ओैं बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चाे हुन्थ्याेजस्ताे गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुनसक्दैनन् ।

चेतना भया !!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *