ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुनः बन्यो काठमाडौं विश्वकै प्रदुषित सहर, विमानस्थल समेत केहि समयको लागि बन्द

काठमाडौँ चैत १३ l शुक्रबार दिउसो एक्कासी उपत्यकाको वायु प्रदुषण खराब भएपछि काठमाडौं पुनः विश्वकै प्रदूषित शहर बनेको छ । भिजिविलिट न्यून भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत दिउसो केहि समयको लागि बन्द भएको थियो ।

शुक्रबार बिहान ३५ सय भिजिविलिटी थियो भने दिउसो एक हजारमा झरेको थियो । तर ४ बजेपछि भिजिविलिटीमा केहि सुधार आएर १६ पुग्दा विमानस्थल पुनः सञ्चालनमा आएको त्रिभुवन विमानस्थलका पव्रक्ता देवचन्द्रलाल कर्णले जानकारी दिएका छन् ।

केहि दिन देखि उपत्यकामा पानी नपर्दा बातावरण प्रदुषण बढदै गएको थियो । बारा, पर्सा र चितवन लगायतका जिल्लाका विभिन्न स्थानलमा लागेको डढेलोको धुवाले काठमाडौं बायु प्रदुषण झन बढेको वातारण विद् डा. बरुण पौडेलले बताए । पानी परेन वा हावाहुरी चलेन भने प्रदूषण दुई तीन दिन रहन सक्ने उनले बताए ।

प्रदूषणका कारण अवतजावत गर्नेहरुलाई निकै सास्ति भएको छ भने पुनः काठमाडौं विश्वकै प्रदुषित सहर भएको छ । स्विट्जरल्याण्डको आईक्युएआएआरका अनुसार शुक्रबार दिउसो काठमाडौंको एयर क्वालिटी १९८ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *