ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आखाँ सम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै

काठमाडौं,चैत १३ । पछिल्लो समय आखाँसम्बन्धी नयाँ संक्रमणका विरामीको संख्या बढन थालेको छ ।त्यो माथि झनै कोरोना महामारीका कारण आखाँका समस्या भएका बिराङ्गीको संख्या बढ्दो छ ।

फरक जिवनशैली तथा नयाँ नयाँ प्रविधिको अत्यधिक प्रयोगका कारण आँखा सुरक्षामा चुनौती थपिदै गएको चिकित्सकहरुको भनाई छ । ४३ औ नेत्रज्योति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी विज्ञहरुले आखाँसम्बन्धी नयाँ संक्रमण बढेको भन्दै सतर्क रहन आग्रह गरेका छन ।यो पहिलो चरणमा नै पत्ता लगाउन सके उपचार सम्भव हुने बताए । कोरोना महामारीका कारण सबै क्षेत्र अस्तब्यस्त बनेको बेला आखाँ स्वास्थ्यमा पनि चुनौती थपिदै गएको नेपाल नेत्रज्योती संघका अध्यक्ष प्रा डा चेतराज पन्तको भनाई छ ।

अस्वास्थयकर खानपान, बदिलो जीवनशैली औषत आयुमा वृद्धि,नयाँ प्रविधिको अधिकतम प्रयोग र जंनसंख्यामा वृद्धिका कारण पनि आँखामा नयाँ प्रकृतिका संक्रमण देखिन थालेको विज्ञहरु बताउछन । .समय समयमा आँखा जाँच आवश्यक भएपनि यसतर्फ मानिसहरुले ध्यान नदिदा संक्रमणको अबस्था बढदै गएको हो । नियमित परिक्षण गराइरहे ठुलो समस्या नहुने चिकित्सकहरुको भनाई छ । हालसम्म नेपाल नेत्र ज्योति संघले २१ वटा आँखा अस्पताल १ सय २६ वटा आखाँ उपचार केन्द्र र ४२ वटा जील्ला शाखाबाट सेवा पुर्याइरहेको छ । ७ सय ५३ वटै स्थानिय तहमा ५ बर्ष भित्र आखाँ उपचार केन्द्र स्थापना गरी दुर्गम जील्लामा समेत सेवा विस्तार गर्ने नेपाल नेत्रज्योती संघको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *