ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ज्योति लाइफको आइपिओ बाँडफाँड, १२ लाख ४८ हजार खाली हात

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । फागुन २१ गते आइपिओ जारी गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ हप्ता ठिला गरी सेयर बाडफाँड गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मुल्य कायम गरी ६६ लाख ६६ हजार कित्ता सेयर निष्कासन गरेकोमा ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता समूहिक लगानीकोष र त्यति नै बराबरको सेयर कर्मचारीलाई छुट्याएको थियो ।

बाँकी रहेको ५९ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको थियो । हालसम्म जारी गर्ने कम्पनीहरु मध्ये यस कम्पनीको सेयरमा सर्वाधिक आवेदन गरेको बिक्रि प्रवन्धकले जनाएको छ । य स कम्पनी आइपिओ खरिदका लागि १८ लाख ४२ हजारले आवेदन दिएकोमा १७ लाख ९७ हजारको मात्रै योग्य आवेदन रहेको बिक्रि प्रवन्धक एनएमवि क्यापिटलले जनाएको छ । योग्य आवेदक मध्ये गोलाप्रथा मार्फत ५ लाख ९४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गरेका छन भने बाँकी १२ लाख ४८ हजार आवेदक रित्तो हात भएका छन् ।

यस कम्पनीको सेयर खरिद गर्नका लागि फागुन २१ गते देखी २६ गतेसम्मको म्याद तोकिएको भएपनि फागुन २२ गते शनिवार र फागुन २४ गते महिना दिवस परेकाले आइपिओ बिक्रीका लागि ६ दिनको समय दिइएको थियो । यस कम्पनीको सेयर मेरो सेयर र सिडिएससीको वेवसाइड मार्फत सेयर बाँडफाँडको नतिजा हेर्न सकिने बताएपनि यो सामाचार तयार पर्दासम्म नतिजा वेवसाइडमा अपडेट गरिएको छैन।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *