ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सी चिनफिङ र भ्लादमिर पुटिन दुवै तानाशाही हुन- अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी,चैत्र १३ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रूसका राष्ट्रपतिहरू दुवै तानाशाही भएको बताएका छन् ।

राष्ट्रपति बनेपछि पहिलो पटक बिहीबार पत्रकार सम्मेलन गरेर बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिन उस्ताउस्तै भएको भन्दै भने-  ‘सी चिनफिङ पनि पुटिनजस्तै भविष्यमा तानाशाहको लहर चल्छ किनकी यति जटिल प्रणालीमा प्रजातन्त्रले काम गर्दैन भन्ने सोच राख्ने व्यक्ति हुन्,’ बाइडेनले भने,‘उनको शरिरमा  प्रजातन्त्रको एउटा सानो हाड पनि छैन। तर उनी निकै स्मार्ट छन्।’

उनले आफूले चिनियाँ नेतालाई अन्तर्राष्ट्रिय नियमअनुसार न्यायपूर्ण प्रतिष्पर्धा, अभ्यास र व्यापारका लागि काम गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *