जुट भन्दा फुटको संघार टेक्दै नेकपा एमाले
काठमाडौं चैत्र १३ । नेकपा एमाले भित्रको समस्या अझ पेचिलो बन्दै गएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सोधेको स्पष्टीकरणमा माधव पक्षले उल्टै उनलाई स्पष्टिकरण मागेपछि समस्या अझ पेचिलो बनेको हो ।
एमाले एकिकरणका लागि दोस्रो तथा तेस्रो तहका नेताले गृहकार्य गरेपनि एमाले भित्रको समान्तर गतिविधि अझ बाक्लदो छ । आजमात्र ओली समुहले संसदिय दलको बैठक आह्वान गरेको छ भने नेपाल- खनाल समुहले केन्द्रिय समितिको बैठक डाकेको छ ।
यस अघि ओलीको संसदिय दलको बैठकमा विचबाटोबाट फर्किएमा नेपाल- खनाल समुहका सांसद आज के गर्छन भन्ने प्रश्न पनि ज्यूका त्यू छ ।