ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज चैत्र १३ गते शुक्रबारको राशिफल

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

आज मिति २०७७ साल चैत्र १३ गते शुक्रबार तदनुसार सन २०२१ मार्च महिनाको २६ तारिख, फागुन शुक्ल पक्ष, वसन्त रितु, उत्तरायण सुर्य,  प्रमादी नाम संवत्सर, मघा नक्षत्र, त्रयोदशी तिथी, शूल योग, कौलब करण, आज चन्द«मा सिँह राशीमा रहनेछ, आजको शुभ समय दिउँसोको १२ बजेर १० मिनेटबाट १२ बजेर ३४ मिनेटसम्म रहनेछ । आजको राहुकाल बिहानके १० बजेर ३८ मिनेटबाट १२ बजेर ०९ मिनेटसम्म रहने छ।  

मेष राशी

समय प्रतिकुल रहनेछ । आयमा बाधा, मन अशान्त हुने, सोचेको आँटेको काममा विध्न बाधा व्यवधानहरु आउने । शत्रुले दुख दिन सक्ने वा मित्रहरुको व्यवहार शत्रुवत् हुन सक्छ, बिना कारण अलमलिएर समय बित्न सक्छ । स्वास्थ्यमा समस्या आउने वा शारिरिक पीडा हुन सक्छ, विशेषत शिर तथा पेटसम्बन्धि समस्या आउन सक्छ, सन्तानको तर्फबाट चिन्ता वा कष्ट पर्ने सम्भावना छ । धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा जानकारको राय लिँदै सावधानी अपनाउनु पर्नेछ । कुसंगति र विवादबाट आज बच्नु होला । विद्यार्थीहरुले भने पढाइमा बिशेष मेहनत गर्नुपर्नेछ । कसै कसै लाई अस्पतालमा बस्नु पर्ने वा अरुको लागि जानु पर्ने हुन सक्छ । घर बाहिर भ्रमणको योग रहेकोले यात्रा गर्दा सावधान हुनुहोला।

वृष राशी

दिन अनूकुल बनाउन प्रयास गर्नु पर्नेछ, खर्च वृद्धि, आफन्तहरुसँग विवाद हुन सक्ने, धन वा स्थाई सम्पत्ति सम्बन्धि झमेला आउन सक्ने,  मन अस्थिर रहने, मानसिक सन्ताप पर्ने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ,बेसमयमा खाने र सुत्ने बानीले समस्या ल्याउन सक्छ, शारिरिक कष्ट वा छाती सम्बन्धि समस्या बल्झन सक्छ, , व्यवसायीक गतिरोधको सामना गर्नुपर्ने सम्भावना भएकोले लगानीलाइ आज समय अशुभ छ, आज कुनै पनि महँगो सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो । आत्मविश्वासलाई कायम राख्दै निरर्थक चिन्ताबाट बच्नु भएमा दिन सुखद र लाभदायक रहनेछ ।

मिथुन राशी

दिन लाभदायक रहनेछ । सोचेअनुसारको कार्य सिद्धि हुने, धन लाभ हुने वा आर्थिक स्थितिमा सुधार आउने छ । सामाजिक एवम् राजकीय प्रतिष्ठा प्राप्ति हुने अथवा अरुले तँपाइको कदर वा प्रशंसा गर्ने योग छ, शारिरिक स्वास्थ्य उत्तम रहने, दाम्पत्य सुख, मित्र सुख, शत्रु बाधाबाट मुक्ति, वस्त्र लाभ अथवा विशेष रुचिकर भोजन प्राप्ति हुने, प्रयास गर्नु भएमा आज केही नयाँ सकारात्मक कुरा हुन सक्छ । यदि चिनामा सूर्य बलियो छ भने नयाँ जिम्मेवारी वा पदको प्राप्तिको सम्भावना छ । ठूलाबडा तथा आफूले मान्नु पर्नेहरुको आशिर्वाद र सहयोग पाइने छ । कसै कसैलाई छोटो दुरीको यात्राको वा भ्रमणको अवसर प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा लगानी गर्दा राम्रो छ । विद्यार्थीहरुको लागि समय सफलता दिने खालको रहनेछ ,

कर्कट राशी

मन आज अस्थिर रहन सक्छ अथवा केही कुराले चित्त दुख्न सक्छ ।। व्यर्थको श्रम, धनको अपव्यय, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने ।, घरपरिवार वा अचल सम्पत्तिको लागि खर्च हुन सक्छ,  पारिवारिक सुखमा कमि आउने, मित्र तथा बन्धुहरुसँग मनमुटाव हुन सक्छ । अपयशको भागि हुनु पर्ने, अरुले कदर नगर्ने, विवादित भइने वा भूmठो आरोप लाग्ने सम्भावना छ, आज कसैले धोका पनि दिन सक्ने सम्भावना भएकोले सचेत रहनु होला । शारिरिक चोटपटक, दुर्घटना आदिबाट सावधान रहनुपर्ने दिन छ, लगानीलाई समय प्रतिकूल छ, खानपानमा आज अनुशासित रहनु पर्नेछ र विवादबाट भने आज सकेसम्म टाढा रहनु होला, प्रयास गरेको खन्डमा यात्रा वा भ्रमण हुने, धार्मिक कार्य तथा ठूलावडाहरुको सम्पर्कमा आइने सम्भावना भने बलियो छ ।

सिंह राशी

दिन राम्रो रहनेछ । आर्थिक लाभ हुने । भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले आत्मविश्वास बढनेछ । शरीर स्वस्थ भइ आरोग्य, साहस र स्फूर्ति बढने । लाभ तथा मान सम्मानको प्राप्ति । कार्यमा सफलता । कतैबाट केही कुरा प्राप्त हुने वा कसैसँग भेट हुने । दिमागमा धेरै खालका विचारहरु आउने । उत्तम तथा मिष्ठान भोजन, वस्त्र लाभ, मान्यजनको वा मित्रको कृपा पाइने तथा बन्धुहरुबाट सुख मिल्ने, विद्यार्थीवर्गलाई समय राम्रो । प्रेमीहरुको लागि दिन शुभ रहनेछ।  तर चिनामा अशुभ सूर्यको दशा चलिरहेको छ भने चाँही कलह, विवाद हुन सक्ने, पत्नि तथा सन्तान तर्फबाट चिन्ता पर्ने अथवा अपमान र कानूनी झमेलाको सामना गर्नुपर्ने हुन सक्छ ।

कन्या राशी

दिन अप्ठयारो खालको हुन सक्छ । अत्यधिक परिश्रम, शारिरिक शिथिलता र कष्ट हुने, विशेषगरि टाउको पेटसम्बन्धि समस्या आउने, पराक्रममा कमीे, आर्थिक समस्या । पारिवारीक असमझदारी, मानसिक अशान्ति र छटपटि बढने । गरेका निर्णयहरु गलत हुन सक्ने, कसै कसैलाइ विवेकले काम नगर्ने हुन सक्छ । कानुनी समस्याहरुमा अल्मिmनु पर्ने पनि हुन सक्छ । अनिद्रा, एलर्जी तथा मौसमी संक्रामक रोगहरुबाट बच्नु होला,  आँखा, दाँत,मुख, अनुहारमा समस्या आउने वा त्यसले खर्च गराउन सक्छ । विद्यार्थीहरुको लागि भने समय राम्रो रहनेछ, विदेश जाने सम्बन्धि प्रयास गरिरहनु भएको छ भने दिन उत्तम छ । व्यापारी व्यवसायीले अचानक ऋण लिनु पर्ने अवस्था आउन सक्छ । तर वैदेशिक व्यापार आदिलाइ भने समय शुभ रहने छ ।

तुला राशी

दिन सकारात्मक र शुभ रहनेछ  । आर्थिक लाभ हुने ।  चिताएको कुरा सम्पन्न हुने, स्वास्थ्य उत्तम रहने, शरिरमा जोश जाँगर बढने, मन प्रसन्न हुने खालका समाचारहरु आउन सक्छन् । अडकिएका कार्यहरुले गति लिनेछन् वा सफल हुनेछन् ।  मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा हुन सक्छ । सन्तानको लागि खर्च हुन सक्ने, चाहेको लुगा कपडाहरु खरिद हुने अथवा परिकारजन्य विशेष खानपान हुने योग छ, कर्मचारी वर्ग अथवा आफूमूनि काम गर्नेहरुबाट सहयोग पाइने वा लाभ मिल्ने सम्भावना छ, विद्यार्थीहरुको पढाइ तथा विद्या आर्जनमा प्रगति हुने । कसै कसैलाई आज अरु कसैको लागि समय खर्चिर्नु पर्ने हुन सक्छ । मनको चन्चलता लाई नियन्त्रण गर्ने र विवादबाट भने टाढा रहनु होला ।

वृश्चिक राशी

दिन शुभ रहनेछ । प्रयास गरिरहनु भएको छ भने रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय आएको छ । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कर्म क्षेत्रमा तँपाइको खुबिको कदर हुनेछ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउन सक्ने योग छ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने खालको दिन रहनेछ । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पर्ला । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयास सफल हुनेछ । पारिवारिक झमेला र विवादबाट टाढै रहनु भएमा दिन सुखमय रहनेछ ।

धनु राशी

सावधान हुनुपर्ने दिन छ । पारिवारिक सुखमा कमी आउने, सामाजिक क्षेत्रमा अपमान हुन सक्ने, मान प्रतिष्ठामा धक्का लाग्ने । भाग्यमा अवरोध आएको महसुस हुने, धार्मिक कार्यमा अरुचि । स्थाइ सम्पत्ति सम्बन्धि विवाद हुन सक्ने वा बिना कारण झगडा हुने, सरकारी झमेला वा नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ । मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद नगर्नु होला । अचल सम्पत्ति बाहन आदि लिने योग छ तर आज टार्दा राम्रो । विदेश यात्रा, विदेश अध्ययन अथवा उच्च शिक्षा सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ । छोटो दुरीको यात्रा को योग पनि आएको छ । ठुलो लगानीको लागि आज दिन राम्रो छैन । पार्टनरशीप तथा व्यवसायमा समस्या आउन सक्नेछ ।

मकर राशी

दिन मिश्रीत खालको रहने छ । यदि अशुभ चन्द्रको दशा चलेको छ भने मनमा केही कुराको डरले सताउने छ । स्वास्थ्यमा प्रतिकुलता आउने, कष्ट हुने, चिन्ता पर्ने , धनको अपव्यय हुने, अरुसँग विवाद र झगडा आदि हुने योग छ ।  धन माल बिग्रने , चोरी हुने वा हराउने सम्भावना भएकोले सावधान रहनुहोला । पारिवारीक मmमेला बढन सक्ने, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । लगानीको लागि आज समय राम्रो छैन । जागीर वा व्यवसायमा बाधा कष्ट आउन सक्ने सम्भावना छ। तर यदि शुभ सूर्यको दशा चलेको छ भने आरोग्यता, सुख, शान्ति, लाभ प्राप्त हुने, मान प्रतिष्ठा तथा पदोन्नति मिल्ने योग छ ।

कुम्भ राशी

समय  उत्तम रहने छ  । धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ,  वैवाहिक सुख, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जन र स्त्री सहयोग प्राप्त हुने । व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ,  पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ ,वैदेशिक व्यवसाय, आयात निर्यात को लागि समय अनुकुल रहने छ । घरबाट टाढा जानु पर्ने अवस्था लाई पनि नकार्न सँकिदैन, । तर यदि चिनामा सूर्यको अन्तरदशा चलेको छ भने शुभ फल प्राप्तिमा कमी आउनेछ । टाउको दुख्ने, घाँटीमा अथवा आँखामा आदिमा समस्या देखिन सक्छ । खराब व्यक्तिहरुको सम्पर्कले हानी पुरयाउने भएकोले सतर्क रहनुहोला,

मीन राशी

दिन मध्यम रहनेछ । धन लाभ, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, शत्रु माथि विजय, आर्थिक पक्ष बलियो हुने, ऋण लाभ हुने,। मुद्दा मामिला लगायत परिक्षा प्रतियोगीतामा विजय प्राप्ति। व्यापार व्यवसायमा लाभ, लगानीको लागि दिन राम्रो भएकोले निवेश गर्दा हुन्छ । सन्तान पक्षको विशेष ख्याल गर्नुहोला । बाहिरी महिलाहरुसँगको सम्पर्कबाट टाढै बस्दा राम्रो । कार्यस्थलमा सतर्कता अपनाउनु भएमा, क्रोध माथि नियन्त्रण गर्नु भएमा दिन शुभ रहनेछ ।  अशुभ सूर्यको दशा चलेको छ भने कसै कसै लाई शारिरिक थकान, दुखद प्रवास, स्थान परिवर्तन, पेट, आँखा, रक्त सम्बन्धि समस्या आउन सक्ने, नजिककासँग वाद विवाद हुन सक्ने अथवा अपमान हुने सम्मको अवस्था आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *