ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई

काठमाडौं ,चैत १२ ।vबंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ


अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमका विच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् । टोलीलाई बिदाई गर्दै साँसद थापाले नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफु बिश्वस्त रहेको भन्दै खेलाडीहरुलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफु लालायित रहेको बताईन् ।


मार्च २८ देखि संचालन कुने प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेशका २ टोली, पोल्याण्ड, केन्या र श्रीलङका गरि ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी गराए ।यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र ब्यवस्थापकमा बिष्णु दत्त भट्ट रहेका छन् ।

यस्तै खेलाडीहरुमा लालमोहर यादव, प्रविण खड्का, रंजीत गजमेर, रामु टमाटा, बिनोद तामाङ्ग, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारु, बन्धु राना रहेका छन् । यस्तै निर्णायकमा हिमाल रञ्जित र पशुपती प्रजापति रहेका छन् । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *