ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबबीच एमओयू

काठमाडौं चैत १२ । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले समझदारीपत्रमा हस्ताक्षर गरेको चेम्बरले जनाएको छ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा यही चैत २० र २१ गते  ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना गरिने भएको छ ।
यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।सेयर बजार परिसुचक नेप्सेमा २१ अंकले घटेपनि कारोबारको रकम ६ अर्ब ५० करोड रुपैयाँ
काठमाडौं । यो साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसुचक नेप्से २१.२९ अंकले घट्दै २५४८.९६ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

२०८ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड २५ लाख ४८ हजार १४६ कित्ता सेयर खरिदबिक्रबाट ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत ५.६४ अंकले घट्दै ४५०.३१ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसुचकतर्फ १३ वटा कम्पनीको सेयर कारोबार भएकोमा व्यापार समूहमा १७४.८८ , होटल तथा पर्यटन समूहमा १५४.०७ र लगानी समूहमा १.१९ अंक बाहेक अन्य सबै समूहको कारोबार ऋणात्मक रह्यो ।

सबैभन्दा धेरै जीवन बीमा समूहको कारोबारमा १६९.८ अंक गिरावट आएको नेप्सेले जनाएको छ ।  त्यस्तै नीर्जीवन बीमा समूहमा ५४.१५ अंक , उत्पादन समूहमा ४९.६३ , जलबिद्युत समूहमा ४४.२९ , लघुवित्त समूहमा ४७.५४ , बिकास बैंक समूहमा १९.९२ र बैकिङ्ग समूहमा १९.६७ अंकको गिरावट आएको छ l

चन्द्रागिरि हिल्सले आजको कारोबार पनि सकारात्मक सर्किटब्रेक लागेको छ । आज मात्रै १८९ रुपैयाँले बढ्दै चन्द्रागिरिको सेयर मूल्य २०७९ रुपैयाँ कामय भएको छ । त्यस्तै चन्द्रागिरि संगै सर्पोट लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर करोबार पनि सकारात्मक सर्किट ब्रेक नजिक रहेका छन् ।

८९ करोड ५० लाख रुपैयाँ कारोबार भएको निफ्रा कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । नेपाल बङ्गलादेश बैंकका लागानीकर्ताले सबैभन्दा धेरै ६.१४ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *