ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लाज हराएका गृहमन्त्री, आफै धर्ना बस्न माइतिघर

काठमाडौं चैत्र १२ । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिएका छन् ।

माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताए ।
 
समस्याको छिटोभन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग पनि वार्ताका माध्यमबाट समस्या समाधान गरिएको जनाउँदै थारु समुदायको माग पनि वार्ताबाटै टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका माग राख्दै केही दिनदेखि आन्दोलन परिचालन समितिका सदस्य माइतीघर मण्डलामा धर्ना बसेका थिए । 

गृह मन्त्रालयले २०७४ चैतमा देशैभरि विरोध प्रदर्शन गर्ने निश्चित ठाउँ तोकेको थियो सोही समयमा निर्णय गर्ने बादल आफै थिए । त्यतिमात्र हैन समस्याको समाधान गर्ने गृहमन्त्री थापा स्वय धर्नाका लागि सुरक्षा बलसंगै माइतिघर पुगेपछि उनको आलोचना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *