ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालले खरिद गरेको २० लाख डोज खोपमा बाँकी रहेको १० लाख डोज खोप अप्रिल पहिलो साता आउने

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं ,चैत १२ । भारत सरकारले कोरोना खोप निर्यातमा केही समयको लागि अस्थायी रोक लगाए पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ ।

नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई शत प्रतिशत पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने भएको छ ।

गत फागुन ५ मा नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरी २० लाख डोज खोप खरिद सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज केही दिनमै नेपाल आइपुग्यो भने बाँकी १० डोज चैत ४ गतेसम्म पठाउने सहमति थियो ।तर सहमतिअनुसार चैत ४ मा खोप नआएपछि नेपालले खोप अभियान नै स्थगित भएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, नेपालले अगाडि नै रकम भुक्तानी गरिसकेकाले १० लाख डोज खोप आउने भएको छ ।

चीन सरकारले दिएको सिनोफार्म कम्पनीको ८ लाख डोज खोप यही सोमबार नेपाल आइपुग्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *