ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आक्रामक खेल प्रस्तुत गरेपनि कीर्गिस्तानसंग गोल रहित बरावरीमा रोकियो नेपाल

काठमाडौं चैत्र १२ । त्रिदेशीय कप फुटबलमा नेपाल र  कीर्गिस्तानले वरावरी खेल्दै अंक बाढेका छन् । निर्धारीत ९० मिनेटको खेलमा दुवै समुहबाट कुनै गोल हुन नसकेपछि १-१ अंक बाढेका हुन्

दशररथ रंगशालामा भएको खेलको नेपालले दवाव दिए पनि कुनै गोल गर्न सकेन ।६७ मिनेट पछि १० खेलाडीमा सिमित भएको कीर्गिस्तान विरुध नेपालले पटक पटक आक्रमण गरेपनि गोल हुने सकेन् । कीर्गिस्तानका  तासियोसिफ खलानी कप्तान ६७ मिनेटमा रेड कार्ड खाएका थिए । दोहोरो कार्डसंगै १० खेलाडीमा सिमित भएको थियो ।नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए ।

चौथो मिनेटमा तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाएपनि प्रहार गर्न सकेन ।

१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाउदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अन्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको छ । नेपाल र किर्गिस्तानको समान १ अंक तथा बंगलादेशको ३ अंक छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

यस अघि बंगलादेशसंग हार व्योहेरेको कीर्गिस्तानसंग मात्र एक अक छ भने नेपालले पहिलो खेलमा एक अंक जोडेको हो । नेपालले बंगलादेशलाई हराएमा वा बरावरमात्र खेले पनि नेपालले बंगलादेशसंग फाइनल खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *