ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,चैत १२ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको २ हजार ८ सय ९१ वटा नमुना परीक्षणमा देशभर १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७६ हजार ५ सय ९ जना रहेका छन्।

कोरोनाका कारण हालसम्म मृत्यु हुने संख्या ३ हजार २० जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट ८५ जना निको भएका छन्। हालसम्म निको हुने संख्या २ लाख ७२ हजार २ सय ७२ रहेको छ । यो संक्रमित मध्येको निको हुने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

देशभर क्वारेन्टिनमा ५५ जना र संक्रिय संक्रमित १ हजार २ सय ९७ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *