ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले उत्पादन गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा अस्थाई रोक लगाउदा ७० भन्दा धेरै मुलुक खोप अभियानबाट प्रभावित हुने

काठमाडौं ,चैत १२ । कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँग भारतले आफ्ना मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । यसले भारतको खोपमा निर्भर नेपालसहित ७० भन्दा धेरै मुलुकमा कोरोनाविरुद्धको खोप अभियान प्रभावित हुने भएको छ ।

पछिल्लो केहि साता कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गर्दा भारत संक्रमणको दोश्रो लहरबाट प्रभावित बनिरहेको छ । विगत २४ घण्टामा ५ महिना यताकै सर्वाधिक ५३ हजार ४ सय ७६ संक्रमित थपिएको तंथ्याक छ ।

महाराष्ट्र, दिल्ली लगायत १८ राज्यमा कोरोनाको डबल म्युटेन्ट भेरिएन्ट समेत भेटिएको छ । नयाँ प्रकार र तिब्र गतिमा संक्रमण बढेपछि विभिन्न राज्यमा आंशिक लकडाउन र प्रतिबन्धात्मक नियम जारी गरिएको छ भने सार्वजानिक स्थलमा होली, उत्सव लगायतका जमघटका कार्यक्रममा रोक लगाइसकेको छ ।


बढ्दो संक्रमणका बीच जारी खोप अभियानमा खोप अभाव हुन सक्ने भन्दै बुधवार भारत सरकारले निर्यातमा अस्थायि रोक लगाएको छ । भारतमा अहिले सिरम इन्स्टिच्युट अफ इन्डिया एसआईआईको कोभिशिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप उत्पादन भइरहेको छ । सीरमले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको छ ।


उक्त खोप नेपाल लगायत ७० बढी मुलुकलाई ६ करोड ५० लाख बढी वितरण भसकेको छ भने भारतमा करिब ५ करोड खोप वितरण भएको छ । स्वदेश र बाह्य मुलुकमा खोपको उच्च माग भइरहँदा गत महिना सिरम इन्स्टिच्यूटको नयाँ भवनमा आगलागी भएपछि उत्पादन केहि प्रभावित बनेको छ ।


घरेलु मागलाई मध्यनजर गर्दै भारतले खोप निर्यातमा अप्रिलसम्म रोक लगाएपछि त्यसको असर नेपालको खोप कार्यक्रममा देखिने चिन्ता ब्यक्त गरिएको छ । यद्यपि सिरमले प्रतिबद्धताअनुरुप खोप उपलब्ध गराउनेमा स्वास्थ मन्त्रालय ढुक्क देखिएको छ ।

नेपाल सरकारले सिरमसँग थप ५० लाख मात्रा खोप खरिद गर्न अघि बढाएको प्रक्रियाप्रति कम्पनीले स्पष्ट जवाफ अहिलेसम्म दिएको छैन । जसका कारण दोश्रो चरणमा ५५ वर्ष माथि उमेरका खोप दिने कार्यक्रम स्थिगत भएको छ भने दोश्रो मात्राको खोपको पर्खाइमा रहेकाहरु पनि बन्चित हुने हो कि भन्ने चिन्तामा छन् ।


यसअघि २० लाख मात्रा खरिद गरेको खोपमध्ये १० लाख मात्रा आउन बाँकी छ भने चीनले अनुदानमा दिएको ८ लाख मात्रा खोप बेइजीङ विमानस्थलमा रोकिएको छ ।


खुल्ला नाका र भारतमा रोजगारी जाने स्वदेश फिर्ता हुने क्रम बढ्दै जाँदा नेपाल पनि दोश्रो लहरको जोखिममा छ । त्यसविरुद्ध खोपसहित सतर्कताका उपाय अवलम्बन हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *