ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं उपत्यकाका बाहिर चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं ,चैत १२ । चितवन मेडिकल कलेज (सिएमसी) ले राजधानी बाहिर  पहिलोपटक कलेजो प्रत्यारोपण सफल गरेको छ । सिएमसीले चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरेको हो । उनकै ३३ वर्षीया छोरीले कलेजो दान दिएको मेडिकल कलेजले जनाएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार र डा. सञ्जिव अनिजाको सहयोगमा कलेजो प्रत्यारोपण सम्पन्न गरिएको हो । 

प्रत्यारोपणमा अस्पतालका विशेषज्ञ चिकित्सकहरु सर्जन डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रविन जोशी, डा. जयन्तकुमार साह, डा. अभिषेक भट्टराई, एनेस्थेसियोलोजिस्ट डा. किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, डा. सागर पौडेल र डा. वरुण श्रेष्ठ खटेका थिए ।
धनकुमारीको कलेजो काम गर्न नसक्ने गरेर बिग्रिएको थियो । त्यसैले प्रत्यारोपणको विकल्प बाहेक अरु नभएकोले प्रत्यारोपण गर

नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो । नेपालमा पहिलो गरीएको हो ।

नेपालमा भक्तपुरस्थित शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । त्यसको दुई वर्ष पछि त्रिवि शिक्षण अस्पतालले यो सेवा सुरु गरेको थियो । अहिलेसम्म १० जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।कलेजो प्रत्यारोपणको खर्च २५ देखि ३० लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । यो विदेशको भन्दा सस्तो हो ।अब बिस्तारै उपचारका लागि विदेश जानुपर्ने बाध्यता पनि हट्दै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *