ट्रायल परीक्षामा अब ६० अंक ल्याए पास हुने प्रावधान आउँदै

काठमाडौं, चैत्र १२ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा ट्रायल परीक्षाको लागि नयाँ व्यवस्था ल्याउने तयारीमा जुटेको यातयात व्यवस्था विभागले बाताएको छ ।
लाइसेन्स लिनको लागि विभिन्न समस्या झेल्दै आएका सर्वसाधारणहरूको सहजताका लागि प्राविधिक समस्यामा हेरफेर सहित अंकको आधारमा उक्त व्यवस्था ल्याउन लागेको यातायात व्यवस्था विभागले बताएको छ ।
नयाँ मापदण्डको अध्ययन गरी लाईसेन्सकोको लागि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउन लागेको यातयात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरिले जानकारी दिए । लामो समयदेखि अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मापदण्ड परिक्षाको ढाँचा तयार पारी मन्त्रालयमा पेश गरिएको र सम्भवत बैशाख वरिपरि नै लागु हुने विभागल बताएको छ ।
जसमा लाइसेन्सको लागि ६० प्रतिशत ल्याए पास गर्ने, समग्र प्राविधिक समस्या सुल्झाएर, प्रश्नावली वेवसाइटमा राख्ने व्यवस्था रहेको विभागले बताएको छ ।
नयाँ मापदण्डअनुसार लिखित परीक्षामा समेत परिवर्तन गरि सेवाग्राहीलाई सहज हुनेगरी साइटमै लाइसेन्स परिक्षाका लागि ५ सय वा १ हजारसम्म सम्भावित प्रश्नवाली राखिने छ । विभागले हाल अनलिमिटेड फाराम भर्न सक्ने व्यवस्था गरेको छ ।
विभागले हालसम्म अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था गरेता पनि सहज ढङ्गबाट भने फारम भर्न नसकेको सेवाग्रहीको गुनासो रहँदै आएको छ ।
विभाग भने अन्य सबै सहजताको तयारीमा जुटेको बताएको छ । विभागले स्मार्ट लाईसेन्सको लागि सहज परिस्थिति ल्याउन ट्रायस पास हुनसाथ १ वर्षको अवधिमा परिक्षण कार्ड दिने र अविध सकिएसंगै स्मार्ट कार्ड उपलब्ध गराउने बताएको छ ।
यातायात व्यवस्था कार्यलयहरुसंगको सहमति र साझेदारीमा कार्य अगाडी बढाएको विभागले बताएको छ । यातयात कार्यलयहरुले भने प्रष्ट नपारी अंकको आधारमा ट्रायलको मापदण्ड व्यवहारिक भएको भन्दै असन्तुष्टी जनाउँदै आएका छन् । अंकलाई पनि पूर्ण व्यवाहारिक बनाएर कार्यलयहरु संग सल्लाह गरि उक्त कार्यमा जुटेको विभागले बताएको छ ।