भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भेजाइनल संग मिल्यो

१२ चैत काठमाडौं । मृतकको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मिलेको छ ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको बताईएको हो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धानले अनुसन्धानलाई थप बल पुगेको छ ।
जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए ।
प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै फागुन ४ गते आरोपित दिनेश भट्टलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए । यो संगै जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन निर्णय गरेको थियो । सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान समेत बाहिरिएको थियो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको २३ माघमा खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा शव भेटिएको थियो ।