ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन- पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौं चैत्र १२ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसले प्रमुख प्रतिपक्षी दलका रुपमा खेल्नु पर्ने भूमिका नखेलेकोमा असन्तुष्टी पोखेका छन् ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदाइ गर्न कांग्रेसले धर्म अनुकूल काम नगरेको भन्दै डा भट्टराईले ट्विट मार्फत असन्तुसष्टी जनाएका हुन् । – ‘अहिले असैंवैधानिक ढंगले संसद् विघटनमा असफल भएपछि पुन: नयॅा प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन,’ उनको भनाई छ
प्रमुख प्रतिपक्षी दल कुनै पनि बेला वैकल्पिक सरकार दिन तयार हुनु पर्नेमा कांग्रेस अझै तयार नभएको भन्दै लेखेका छन्- ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो ।’