ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिदार्थ बैंकले ल्यायो ‘इ कम कार्ड’

काठमाडौं । सिद्धार्थ बैंक लिमिडेटले नेपाल राष्ट्र बैंकको चैत ८ गतेको परिपत्रको पालना गर्दै ‘इ कम कार्ड’ सञ्चालनमा ल्याएको छ ।

बिदेशबाट अनलाइन मार्फत बस्तु तथा सेवा खरिद गरेबापत बार्षिकरुपमा अधिकतम ५ सय डलरसम्मको परिवर्त्य मुद्रा सटही गरी भुक्तानी गर्न मिल्ने प्रिपेड कार्ड सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

बिदेशबाट कानुनले बर्जित नगरेका सबै बस्तुहरु खरिद गर्न सक्ने गरी कार्ड व्यवस्था गरिएको कम्पनीले जनाएको छ । चैत १३ गतेबाट सेवा सञ्चालन सिद्धार्थको इकम कार्ड सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

कार्ड लिनका लागि केवाइसी अर्थात ग्राहक पहिचान खाता नविकरण भएको र स्थायी लेखा नम्बर प्यान अनिवार्यरुपमा लिएको हुनुपर्ने सर्त बैंकले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *