सिद्धार्थ इन्स्योरेन्स कम्पनीले घोषणा गर्यो १५.७८ प्रतिशत लांभास

काठमाडौं चैत १२ । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको १७१औ बैठ्कले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लांभास बितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेकाले त्यसको १२ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३.७८९४ प्रतिशत हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लांभास घोषणा गरी बीमा समितिमा प्रस्ताब पेस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
कम्पनीको प्रस्तावलाई बीमा समिति स्वकृत दिएमा आगामी बस्ने कम्पनीको साधारण सभाले प्रस्तावित लांभास बितरण गर्ने कम्पनीले जनाएको छ ।