दुर्गा प्रसादलाई क्षतिपूर्तिको बाटो खुल्लो, इलाम प्रशासनबाट लिए नागरिकता
सेयर गर्नुहोस
10 - 10Shares

इलामा चैत्र १२ । ४० बर्ष भारतको जेल बसेर फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिता पाएका छन् । जील्ला प्रशासन कार्यलय इलामले उनलाई बिहिबार नेपाली नागरिकता प्रदान गरेको हो ।
दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि माइ नगरपालिका र त्यहाँका जनप्रतिनिधिको पहलमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो । यो सँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ ।
उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।