कोरोना संक्रमण बढेसँग काठमाडौं उपत्यकामा घरबाहिर निस्किदा मास्क अनिर्वाय

काठमाडौं ,चैत १२ । कोरोना संक्रमणको जोखिम कम भएको भन्दै काठमाडौँ उपत्यकामा समेत मास्क नलगाई हिड्ने नागरिकको संख्या बढदो छ । छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई घरबाट बाहिर निस्कनेलाई संक्रामक ऐन २०२० अनुसार कार्वाही गर्ने बताएको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलिएसँगै काठमाडौँमा पुन मास्क तथा जनस्वास्थ्यका मापदण्ड अनिर्वाय लगाउनु पर्ने बताइएको हो ।
जिल्ला प्रशासन कार्यालयले निकालेको नोटिसमा भिडभाड हुने स्थानमा नजान, सामाजिक दुरी कायम गर्न,नजिकिदो होली पर्व घर भित्रै मनाउन समेत आग्रह गरेको छ ।